News राजनीति

शुक्रवारसम्म आफनो कित्ता क्लियर गर्न माधव नेपाललाई ओलीको चेतावनी

शुक्रवारसम्म आफनो कित्ता क्लियर गर्न माधव नेपाललाई ओलीको चेतावनी

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समुहलाई आफनो कित्ता क्लियर गर्न चेतावनीको सन्देश पठाएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो समूहका विश्वासिला नेता मार्फत शुक्रबारसम्म आफ्नो कित्ता क्लियर पार्न चेतावनीसहितको खवर पठाएको श्रोतले जनाएको छ । एमाले अहिले फुटको संघारमा छ । ओलीले माधव नेपाल लगायतका ११  जनालाई  पार्टीबाट निष्कासन गरिसकेका छन्।

प्रधानमन्त्री ओलीले पार्टी एकताका लागि भन्दै केहि दिन अघि ६ वुँदे प्रस्ताव पठाएका थिए । त्यसअघि माधव नेपालले सहमतिका लागि भन्दै वुझाएको ६ वुँदे प्रस्तामा केहि सर्तहरु समावेश गरी ओलीले सार्वजनिक गरेको प्रस्तावलाई नेपाल समुहले अस्विकार गरेको थियो ।

ओलीले सर्तसहित पार्टीलाई २०७५ जेठ ३ को अवस्थामा फर्काउन तयार भएको भन्दै पार्टी एकताका लागि गरेको आह्वानलाई नेपाल पक्षले षडयन्त्रको संज्ञा दिएको थियो । ओलीको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा दायर मुद्दामा हस्तारक्षर गरेका सांसदहरुले आफ्नो नाम फिर्ता लिनुपर्ने उल्लेख थियो ।

ओलीको उक्त ६ बुँदे प्रस्तावले माधव समूहमा निकै ठूलो हलचल ल्याएको छ । ओलीले अगाडि सारेको प्रस्तावले माधव समूहको ठूलो हिस्सा एमाले तिरै फर्किने अवस्थामा पनि पुगेको छ । 

जसमा सबैभन्दा विश्वासिला पात्र नै निःशर्त ओली समूहमा फर्किन तयार देखिएका छन् । खास गरी वार्तामा रहेका नेताहरु तत्कालै एमालेमा फर्किन तयार देखिएको छन । योगेश भट्टराई र गोकर्ण विष्टलगायतको समूह निःशर्त ओली नेतृत्वमा जान तयार छ ।

सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, भीम आचार्य र अष्टलक्ष्मी शाक्यसहितका नेताहरु पनि पार्टी एकता जोगाउने भन्दै ओलीको प्रस्तावप्रति करिब सहमत छन् । सम्मानजनक अवस्थामा पार्टीमा फर्किने अडानमा छन् उनीहरु।

तर, भीम रावल, युवराज ज्ञवाली, रामुकमारी झाँक्री, डा. विजय पौडेल र जगन्नाथ खतिवडालगायतका नेताहरु ओलीसँग सम्बन्ध विच्छेद गरेर अगाडि बढ्नुपर्ने लाईनमा देखिएका छन् ।
यो पनि

एमालेभित्र कहाँ पुग्यो सहमतिको प्रयास, के पाक्दैछ खिचडी ?

केपी शर्मा ओली माधव नेपाल कित्ता क्लियर गर्न चेतावनी

विशेष