यातायात व्यवस्था कार्यालय लहानको सेवा सुचारु

कोरोनाको महामारीका कारण लामो समयदेखि अवरुद्ध भएको सिरहाको लहान स्थित यातायात व्यवस्था कार्यालयको कामकाज सुरु भएको छ ।
यातायात व्यवस्था कार्यालय लहानका निमित्त प्रमुख मिन बहादुर भट्टराईले एक सूचना जारी गर्दै भिडभाड नहुनेगरी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सोमबार देखि कार्यालयको सेवा सुचारुमा आएको वताए ।
कोरोना दोस्रो लहर सुरु भएपछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवा तथा अन्य सम्पुर्ण सेवा स्थगित गरिएको थियो ।
वर्तमान अवस्थालाई मध्यनजर गर्दै तत्काल कार्यालयबाट अस्थायी ईजाजत पत्र, तत्काल नबुझाए जरिवाना लाग्ने प्रकृतिका सवारी कर, नविकरण, बाटो इजाजत पत्र, राजश्व दाखिला सेवा, तत्काल नविकरण नभएमा जरिवाना लाग्ने सवारी चालक अनुमति पत्र नविकरण, प्रयोगात्मक परीक्षा पास भई राजश्व बुझाउन बाँकी सेवाग्राहीहरुको राजश्व बुझाउने सेवालगायतका काम सुरु गरिने यातायात कार्यालय लहानका नायब सुब्बा विजय दाहालले बताए ।