News

जम्मु–काश्मीरमा कोरोना संक्रमितका लागि विशेष अस्पताल

जम्मु–काश्मीरमा कोरोना संक्रमितका लागि विशेष अस्पताल

भारतको जम्मु–काश्मीर सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि कोभिड विशेष अस्पताल छुट्याएको छ । जम्मु–काश्मीर सरकारले विभिन्न स्थानीय अस्पतालहरुलाई कोरोना बिरामीको उपचारका लागि छुट्याएको हो ।

जम्मु–काश्मीर स्वास्थ्य तथा मेडिकल शिक्षा विभागले गन्डेरबाल, बेमीना श्रीनगर, पुलवामा , कुप्वारा जिल्लाहरुमा कोभिड बिशेष अस्पतालको व्याबस्था गरेको हो ।

कोरोना माहामारीको समयमा गन्डेरबाल जिल्ला अस्पतालले गैरकोभिड बिरामीहरु अस्पतालमा नआउन आग्रह गरेको छ ।

कोरोना भाइरसको दोस्रो लहर तिब्र रुपमा फैलिएपछि जम्मु–काश्मीर सरकारले कोभिड बिरामीलाई लक्षित गरी अस्पतालहरु छुट्याएको हो ।
ईण्डीया ब्लूम्सको सहयोगमा
 

विशेष