News राजनीति

सर्वोच्चको आदेशले गठवन्धनमा तरङ्ग, चुनावको तयारी गर्ने नेताहरुको सहमति

सर्वोच्चको आदेशले गठवन्धनमा तरङ्ग, चुनावको तयारी गर्ने नेताहरुको सहमति

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने छाँटकाँट नदेखेपछि पाँच दलिय विपक्षी गठवन्धन चुनावको तयारीमा जुटेको छ ।

कांग्रेस सभापति शेरवहादुर देउवा निवासमा वुधवार साँझ वसेको गठबन्धनको वैठकले आन्तरिक रुपमा चुनाको तयारी गर्ने निस्कर्ष निकालेको हो। सोहि आन्तरिक सहमति अनुसार संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालनका कार्यक्रम अगाडि बढाउने लिखित निर्णय भएको श्रोतले जनाएको छ।

प्रतिनिधि सभा विघटन विरुद्धको मुद्धा सर्वोच्चमा विचाराधिन रहेको र गठवन्धनका नेताहरुले पुनर्स्थापनामै जोड गरिरहेकाले औपचारीक रुपमा चुनावको तयारी नभनी जनपरिचालन भन्ने शब्द प्रयोग गरिएको विश्लेषकहरु वताउँछन् । उनीहरु भन्छन्–‘लेखाई जे सुकै भएपछि त्यसको अर्थ चै चुनावको तयारी नै हो ’

संसद विघटनपछि मन्त्री परिषद विस्तार गरेको विरुद्ध परेको रिटमा मंगलवार सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशले संसद पुनर्स्थापना नहुने संकेत देखिएपछि देउवाले गठवन्धनको वैठक वोलाएका थिए । अन्तरिम आदेशमा अहिलेको सरकारलाई कामचलाउ सरकार भनिएको छ । यो शब्दले संसद विघटनलाई मान्यता दिने संकेत गरेको नेताहरुको विश्लेषण छ। अदालतले संसद नै नरहेकोले प्रधानमन्त्री पनि संसद सदस्य नरहेको जनाउ दिएको छ।

देउवाले वोलाएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र परिस्थितिबारे छलफल भएको थियो । बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताहरू उपस्थित थिए ।

यो पनि

जनपरिचालनका कार्यक्रम अगाडि बढाउने विपक्षी गठबन्धनको निर्णय

सर्वोच्चको अन्तरिम आदेशले देउवालाई छटपटी, वोलाए गठवन्धनको वैठक

सर्वोच्च अदालत शेरवहादुर देउवा विपक्षी गठवन्धन अन्तरिम आदेश

विशेष