News

अर्थ मन्त्री पौडेलले किन भने ‘मकहाँ एउटा पनि पुलिस नआओस्’

अर्थ मन्त्री पौडेलले किन भने ‘मकहाँ एउटा पनि पुलिस नआओस्’

उपप्रधान, अर्थ तथा गृहमन्त्री विष्णु पौडेलले सरुवा, बढुवा तथा थमौतिका लागि एकजना प्रहरी पनि आफूकहाँ नआउन निर्देशन दिएका छन् ।

आज गृहमन्त्रालयको समेत कार्यभार सम्हाल्दै मन्त्री पौडेलले भने– ‘मकहाँ एउटा पनि पुलिस नआओस् । अन्याय भयो भनेर साच्चि नै अन्याय अनुभुत गरेर आउँछ भने त्यो उजुरी सुन्नका लागि म तयार छु । नभए प्रमोशनका निम्ति, थमौतिका निम्ति, सरुवा, बढुवाका निम्ति अथवा स्वदेश, विदेश पठाउने अवसरका निम्ति कुनै एउटा पुलिस म कहाँ नआओस् ।’

मन्त्री पौडेलले राजनीतिक परिस्थितिको प्रभाव गृहमन्त्रालयमा पर्न नहुने पनि वताए । पौडेलले मन्त्रीको रूपमा आफुले गृह प्रशासन र प्रहरीलाई कुनैपनि प्रकारको हस्तक्षेप नगर्ने बताए।

‘काममा हस्तक्षेप गर्ने कुरामा म विश्वास गर्दिन । म हरेक व्यक्ति आफ्नो कामप्रति, परिभाषित जिम्मेवारीप्रति जवाफदेही हुनुपर्छ । कामप्रति जवाफदेही हुने, परिणामप्रति जवाफदेही हुने, त्यस हिसाबले अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्छु’ उनले भने–‘यहाँहरूले आ–आफ्नो परिभाषित जिम्मेवारी सम्पादन गर्नका निम्ति यहाँहरू सबै स्वतन्त्र हुनुहुन्छ ।’

विष्णु पौडेल

विशेष