News

कथित सामाजिक अभियन्ता ज्वाला संग्रौलाको अझै ५ दिन हिरासतको वास

कथित सामाजिक अभियन्ता ज्वाला संग्रौलाको अझै ५ दिन हिरासतको वास

कथित सामाजिक अभियन्ता ज्वाला संग्रौला (टिका) थप ५ दिन प्रहरी हिरासतमा रहने पक्का भएको छ । कुटपिट मुद्दामा आइतबार पक्राउ परेकी उनलाई प्रहरीले थप म्याद पाँच दिनको म्याद थपेर राखेको छ।

युवा संघमा आवद्ध खुश्बु (नविता) घिमिरेलाई कुटपिट गरेको जाहेरीका आधारमा उनी पक्राउ परेकी हुन्। घटनाको अनुसन्धान पूरा नभएकाले म्याद थपिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

संग्रौलाबिरुद्ध घिमिरेले दिएको जाहेरीलाई आधार मानेर अनुसन्धान गर्दा उनीहरुबीच वैमनश्यता रहेको केही प्रमाण भेटिएको बताइएको छ । यद्यपि, पछिल्लो झगडा र कुटपिटको सम्बन्धमा अनुसन्धान गर्न तीन दिनको समय कम भएपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट थप पाँच दिन समय माग गरी अनुसन्धान प्रक्रिया अघि बढाएको परिसरले जनाएको हो ।

खुस्वु घिमिरेले संग्रौलालाई कुटपिट गरेको एक महिनाअघि प्रहरी वृत्त गौशालामा पेस गरेको जाहेरीमा उल्लेख छ। फेसबुकमा एकअर्काप्रति गरेको टिप्पणीबारे छलफल गर्न महानगरीय प्रहरी वृत्त गौशालामा जाँदा जेठ १६ गते ज्वालाले आफूमाथि कुटपिट गरेको घिमिरेको दाबी छ। 

घटना जेठ १६ मा भए पनि घिमिरेले कतै उजुरबाजुर गरेकी थिइनन्। ज्वालाले प्रहरीलाई रंगभेदी प्रतिक्रिया दिएर विवादमा आएपछि घिमिरेले घटना सार्वजनिक गर्दै जाहेरी दिएकी थिइन्। यसअघि महाराजगन्ज प्रहरीका असई मणिकान्त झालाई रंगभेदी अभिव्यक्ति दिएर दुर्व्यवहार गरेको आरोप पनि ज्वालामाथि थियो।

ज्वाला प्रहरी हिरासतमा पहिलो पटक परे पनि उनी पटकपटक विवादमा आइरहन्छिन्। कहिले सरकारी कार्यालयमा छापा हान्न गएका कारण त कहिले सामाजिक सञ्जालमा टिप्पणी गरेका कारण उनको चर्चा वढ्ने गरेको छ।

लामो समय जापान बसेर करिब १ वर्षअगाडि फकिर्एकी उनी आफूलाई मन नपरेका व्यक्ति र आलोचकमाथि छुद्र टिप्पणी गर्न सिपालु छिन्। फेसबुकमै गरेको गालीगलौजका विषयमा उनी र विभिन्न व्यक्तिबीच विवाद परिरहन्छ। यस्ता विवाद प्रहरीसमक्ष पनि पुग्ने गरेका छन्।
अनुहार उस्तै देखिने ज्वाला के खगेन्द्र संग्रौलाकी छोरी हुन?

ज्वालाको यस्तो कमजोरी देखेपछि रवी लामिछानेले गरे कारवाहीको माग

सामाजिक अभियान्ता संग्रौलामाथि ओलीका साईवर सेनाको आक्रमण, कुटाई खाने नै पक्राउ

असई मणिकान्त झाको काज सरुवा फिर्ताः एसएसपी भन्छन– सरुवा गरिएकै होईन

रवीकी चन्दा संकलकको असईलाई धम्की – एनी हाउ तिम्रो सरुवा गर्छु !

रविकी चन्दा संकलकले पत्रकारलाई गरिन अस्लिल गाली

ज्वाला संग्रौला

विशेष