News विदेश Breaking News राजनीति

सीमा क्षेत्रमा कुनै गतिविधि नगर्न गोरखाका स्थानीयलाई चिनियाँ सेनाको चेतावनी

सीमा क्षेत्रमा कुनै गतिविधि नगर्न गोरखाका स्थानीयलाई चिनियाँ सेनाको चेतावनी

काठमाडौं ।  गोरखाको सीमा क्षेत्रमा रहेका चिनियाँ सेनाले स्थानीयलाई सीमा आसपास कुनै पनि गतिविधिहरु नगर्न चेतावनी दिएको छ । तिब्बतको जोङ्बो काउन्टीका चिनियाँ सेनाका अधिकारीले सीमा क्षेत्रमा कुनै गतिविधि नगर्न चेतावनी दिएका हुन् ।

जुन ८ मा चिनियाँ सेना अधिकारी र चीनसँगको सिमाना जोडिएको चुमनुब्री गाउँपालिकाको वडा नम्बर ७ का जनप्रतिनिधहरुसँगको छलफलमा सीमा क्षेत्रमा कुनै गतिविधि नगर्न चेतावनी दिएका हुन् ।

चिनियाँ अधिकारीको भनाइ उदृत गर्दै एक स्थानीयले भने, “चिनियाँ सेनाका अधिकारीहरुले छलफलका लागि बोलाए । छलफलका क्रममा दुई देशलाई छुट्याउने अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै पनि गतिविधि नगर्न चेतावनी दिएका छन् ।”

चिनियाँ सेनाको चेतावनीपछि स्थानीय आक्रोशित बनेका छन् ।

विशेष