राजनीतिमा आफुलाई अग्लो देखाऊन प्रचण्डले राजा गुहारे: मुख्यमन्त्री पोखरेल
लुम्विनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ को अभिब्यक्तिको आलोचना गरेका छन् ।
विहिवार विभिन्न सञ्चार माद्यमका सम्पादकहरुसँगको छलफलका क्रममा प्रचण्डले ‘राष्ट्रपति भन्दा राजा नै ठिक’ भन्ने आशयको अभिब्यक्ति दिएका थिए । सोहि विषयमा मुख्यमन्त्री तथा नेता पोखरेलले ट्वीट गर्दै प्रचण्डको आलोचना गरेका हुन् ।
ट्वीटरमा उनले लेखेका छन्–‘राजनीतिक प्रतिस्पर्धामा आफुलाई अग्लो देखाऊन पूर्व राजालाई गुहार्न बाँकी थियो, हिजोवाट त्यो पनि पुरा भएछ । अव राजनीतिलाई अराजनीतिक बनाऊन के नै बाँकी रह्यो र ?’
http://
राजनीतिक प्रतिस्पर्धामा आफुलाई अग्लो देखाऊन पूर्व राजालाई गुहार्न बाँकी थियो, हिजोवाट त्यो पनि पुरा भएछ । अव राजनीतिलाई अराजनीतिक बनाऊन के नै बाँकी रह्यो र ¿?
— shankar.pokhrel (@shankarpokhrel8) June 25, 2021
यो पनि
राष्ट्रपतिप्रति प्रचण्डको मोह भंग, भन्छन्– राजा नै ठिक
शंकर पोखरेल पुस्पकमल दाहाल ‘प्रचण्ड’ लुम्विनी प्रदेश