News

भाई वुहारी वलात्कार गर्ने ‘बाबा’, जसले आफ्नै पत्नि वलात्कार गर्न भाईलाई दिए अनुमति

भाई वुहारी वलात्कार गर्ने ‘बाबा’, जसले आफ्नै पत्नि वलात्कार गर्न भाईलाई दिए अनुमति

छिमेकी भारतको उत्तर प्रदेशको कानपुरमा एक आश्चर्य जनक घटना सार्वजनिक भएको छ। त्यहाँको प्रहरीले एक जना ‘ढोंगी वावा’ लाई पक्राउ गरेपछि यो घट्ना सार्वजनिक भएको हो । 

विशेष गरी जोगी अर्थात बाबाहरुले विवाह नगर्ने र सत्संग गरेर जिवन निर्वाह गर्ने गरेको पाईन्छ। तर, महिलालाई विभिन्न आश्वासन र प्रभावमा पारेर विवाह गर्ने अनि गर्भवती वनाएर भाग्ने गर्दै आएका अनुज कुमार कटेरिया उर्फ चेतन वावालाई प्रहरीले पक्राउ गरेको हो । पाँच श्रीमतीपछि छठौं विवाह गर्ने तयारीमा रहेका वेला उनलाई प्रहरीले पक्राउ गरेको हो ।

विवाह पुर्व नै उनको भेद खुलेको थियो । प्रहरीका अनुसार ढोगी बाबाले करिव ४ वर्षअघि आफनै वाई वुहारीको वलात्कार गरेका थिए । यो घटनामा उनलाई दुई वर्ष जेल सजाय भएको थियो । जेलवाट छुटेर आएपछि उनले आफनी तेश्री पत्निसँग शारीरिक सम्वन्ध राख्न भाईलाई छुट दिए । उनको स्विकृतिपछि भाईले आफनै भाउजुको वलात्कार गरे।

यो घट्नापछि उनका जेठी, साईली र पाँचौ पत्निले भाई वुहारी (जसलाई वावाले वलात्कार गरे) सँग मिलेर किदवाई नगर थानामा उनी विरुद्ध वयान दिएका छन् । ढोंगी बाबा विरुद्ध उनकी पाँचौ पत्निले छैठौं विवाह गर्न लागेको भन्दै प्रहरीमा जाहेरी दर्ता गराएकी थिईन ।

अनुज कठेरिया उर्फ चेतन वावा १७ भाषा वोल्न जान्दछन् । जसका कारण तान्त्रीक, मौलवी, टिचर, वेटर र कहिले काही हाई प्रोफाईल कारोवारी वनेर केटीहरु फकाउने गरेको पाईएको छ । तेश्री पत्निका अनुसार बाबाले सत्संग गरेर उनको पुरा परिवारलाई वसमा पारेका थिए । उनले आफुलाई अविवाहीत वताएर परिवारलाई विवाहका लागि राजी वनाएका थिए ।

अनुज कठेरिया उर्फ चेतन बाबा खास गरी शाहजहाँपुर निवासी हुन । उनले पाँचौं विवाह श्याम नगर थाना चकेरीकी एक महिलासँग गरेका थिउ । विवाहको केहि समयपछि नै उनले पत्निलाई प्रताडित गर्न थालेका थिए । त्यसपछि उनले ११ मई (वैशाख २८ गते) चकेरी थानामा एफआईआर दर्ता गराईकी थिईन ।

अनुसन्धानका क्रममा बाबाले ‘मैट्रिमोनियल साईट्स’ मा परेर धेरै प्रोफाईल तयार गरेका प्रहरीले जनाएको छ। जसका कारण कथित वावाले नाम, धर्म र जात समेत परिवर्तन गरेर केटीहरुलाई जालमा फसाउने, विवाह गर्ने, शारीरिक शोषण र रुपैयाँ पैसाको ठगी गर्ने र छोड्दिने गरेको पाईएको छ । 

आजतकको सहयोगमा

उत्तर प्रदेश ढोंगी वावा

विशेष