एउटै ट्यांकरले दुई मोटरसाईकललाई ठक्कर दिँदा दुई वालिकाको मृत्यु
सप्तरीमा शनिवार एउटा पेट्रोल ट्याङ्करले दुई किलोमिटर भित्र दुई वटा मोटरसाईकललाई ठक्कर दिँदा दुई वालिकाको मृत्यु भएको छ ।
पुर्वपश्चिम राजमार्ग भएर पश्चिम जादै गरेको ना ७ ख ५४९५ नम्बरको ट्यांकरले अग्निसाईर कृष्णासवरण गाउँपालिका –२ सितापुरमा रोकी राखेको स ११ प २५८५ नम्बरको मोटरसाईकललाई पहिलो ठक्कर दिएको थियो ।
सो दुर्घटनामा रुपनी गाउँपालिका –३ का कुशुमलाल प्रमाणीकी छोरी ७ वर्षिया यशोदा प्रमाणीको घट्नास्थलमै मृत्यु भएको थियो । मोटरसाईकलमा रहेकी रुपनी गाउँपालिका –३ की ३२ वर्षिया सुमन देवी प्रमाणी घाईते भएकी छिन् । उनलाई तत्कालै उपचारका लागि धर्मेश्चर अस्पताल ठेलिया पठाईएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि भाग्दै गरेको ट्यांकरले स्थानीय चाँदनी चौकमा पुगेर पुनः स२प ५२४५ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ट्यांकरको ठक्करवाट कञ्चनरूप नगरपालिका– ६ का नभिया परमिनकी छोरी ७ वर्षिया सुमैयाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै मोटरसाईकलाई ठक्कर दिएपछि ट्यांकरका चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ट्यांकर र दुवै मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर उदयभान द्विवेदीले जानकारी दिए ।
दुर्घटनाको विरोध गर्दै स्थानीयवासीले पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।