News राजनीति

ओलीको हैसियतमाथि प्रचण्डले उठाए प्रश्न– हु इज केपी ओली ?

ओलीको हैसियतमाथि प्रचण्डले उठाए प्रश्न– हु इज केपी ओली ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हैसियत माथि प्रश्न उठाएका छन् । उनले ‘हु इज केपी ओली ?’ भन्दै प्रश्न गरे।

अध्यक्ष प्रचण्डले राष्ट्रपतिले गरेको क्रियाकलापलाई अदालतले सच्याउन सक्ने बताए । शुक्रबार विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले राजा ज्ञानेन्द्रले बनाएको शाही आयोग खारेज गरेर लोकतन्त्रको पक्षमा उभिएको अदालतलाई राष्ट्रपतिको बारेमा अदालतमा बहस गर्न पाइँदैन भन्नु हाँस्यास्पद भएको वताए ।

‘ज्ञानेन्द्रकै शासन हुँदा पनि शाही आयोग खारेज गरिदिएको होइन अदालतले ?,’ उनले भने– ‘राजाले बनाएको आयोग भङ्ग गरेर लोकतन्त्रलाई साथ दिने अदालतलाई अहिले राष्ट्रपतिको बारेमा त बोल्न पाइँदैन रे, हु हिज केपी ओली ?’

अध्यक्ष दाहालले आफूले राष्ट्रपति फालेर राजा ल्याउने नभनेको पनि प्रष्ट पारे । विद्यादेवी भण्डारी राजाभन्दा बढी हुन खोजेको उनको आरोप छ। 
 

विशेष