News अर्थ

प्रधानमन्त्रीको स्पष्ट संकेत– चीनयाँ ऋणको पासोमा हामी पर्दैनौं

प्रधानमन्त्रीको स्पष्ट संकेत– चीनयाँ ऋणको पासोमा हामी पर्दैनौं

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विदेशी ऋणको पासोमा नपर्ने बताए । शुक्रबार एक कार्यक्रममा वोल्दै प्रधानमन्त्री ओलीले अनावश्यक ऋण लिएर त्यसको वोझ नेपालले नउठाउने दावी गरे ।

ओलीले शिक्षा, स्वास्थ्य, रोजगारी र उत्पादनमुलक क्षेत्रका लागि मात्र नेपालले विदेशी ऋण लिने बताए । ‘ऋणको पासोमा हामी पर्दैनौं’– उनको भनाई थियो ।

भारतसँग नजिक हुँदै गएका प्रधानमन्त्री ओलीको यो भनाई चीन लक्षित रहेको कतिपयले अनुमान गरेका छन् । चीनले धेरै देशलाई ऋण सहयोग गरेको छ। अमेरिका जस्तो देशले समेत चीनसँग १ दशमलव २ ट्रिलियन डलर ऋण लिएको छ । एशिया, अफ्रिका र ल्याटिन अमेरिकाका धेरै देशमा चिनको ऋण सहयोग छ । अहिले नेपाललाई पनि ऋण सहयोग गरेर आफनो स्वार्थ अनुकुल काम लिने प्रयास चीनले गरिरहेको र त्यसैको जवाफ प्रधानमन्त्रीले दिएको विश्लेषकहरु वताउँछन् ।

चीनले गरिब देशलाई धान्नै नसक्ने ऋण दिएर उपनिवेश बनाउने तथा आफ्नो सैन्य उपस्थिती अमेरिका जस्तै विश्वभरी फैलाउन रणनीति अख्तियार गरेको छ । समयभीत्र ऋण तिर्न नसक्ने देशबाट उक्त देशको अमुल्य सम्पत्ति तथा भुभाग लिने र त्यसलाई व्यवसाियक वा सैनिक प्रयोजनमा उपयोग गर्ने रणनीतिमा चीन अगाडि वढेको छ।

यसको एउटा उदाहरण श्रीलंका हो । एक अर्ब डलरभन्दा बढी ऋण लिएको श्रीलंकासँग चीनले एउटा बन्दरगाहा ९९ वर्षको लागि लिजमा लिएको छ । ऋण तिर्न नसकेपछि बाध्य बनाएर उक्त बन्दरगाहा श्रीलंकाले चीनलाई सुम्पनु परेको छ ।

बन्दरगाहाको स्वमित्व चीनको सरकारी कम्पनीसँग छ । कुनै दिन बन्दरगाहाको सुरक्षाका नाममा चिनिया सेना श्रीलंका पुगे आश्चर्य हुने जानकारहरु वताउँछन् । चीनले श्रीलंकामा दक्षिणी नौसैनिक कमाण्ड स्थापना गर्न लागेको हल्ला पनि चल्ने गरेका छन् । 

अफ्रिकी देश डिजीबुटी, मंगोलिया, मोन्टेनिग्रो र लाओस, पाकिस्तानलगायतका देशमा चीनको अर्बौ डलरको ऋण छ । यहि ऋणको बलमा चीनले बेल्ट एण्ड रोड परियोजना अगाडि बढाएको जानकारहरु बताउछन । चिनिया ऋणमा दबिएका राष्ट्रमाथि यो परियोजना स्वीकार गर्नु बाहेक अर्को बिकल्प छैन ।

प्रधानमन्त्री ओलीले यसै विषयमा सम्वन्धित भएर विदेशी ऋण नलिने वताएको हुन सक्ने विश्लेषकहरुको अनुमान छ । यो भनाईले चीनको बेल्ट एण्ड रोड परियोजनाको सान्दर्भिक्ता माथि पनि प्रश्न चिन्ह उठाएको उनीहरु वताउँछन्।

केपी शर्मा ओली विदेशी ऋण ऋण दिएर उपनिवेश बनाउने

विशेष