News राजनीति

देउवाले भने – ओलीले आफ्नै पार्टीका साथीलाई त त्यसो गरे, अरुलाई छोड्लान?

देउवाले भने – ओलीले आफ्नै पार्टीका साथीलाई त त्यसो गरे, अरुलाई छोड्लान?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अधिनायकवादी भएको आरोप लगाउँदै ‘आफ्नै पार्टीका साथीलाई त त्यसो गरे। अरुलाई छोड्लान?’ भन्दै शंका ब्यक्त गरेका छन् ।

संघीय संसद भवन नयाँ बानेश्वरमा शनिबार विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै सभापति देउवाले भने–‘प्रधानमन्त्री ओली न प्रजातन्त्रवादी हुन्, न त संविधानवादी। प्रधानमन्त्री ओली अधिनायकवादी हुन् । आफ्नै पार्टीकालाई त छाडेनन् अरुलाई के गन्थे।’

राष्ट्रपति विद्यादेवी भण्डारीले हदभन्दा बढी गरेका आरोप पनि उनले लगाए। राष्ट्रपतिले आफूलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने थियो भन्दै देउवाले ओलीको कार्यकर्ता जस्तो भएर नियुक्त नगरिएको आरोप लगाए।

संसदको कुनै पनि सांसदले बहुमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा प्रधानमन्त्री हुन सक्ने व्यवस्था संविधानले गरेको उल्लेख गर्दे उनले बहुमत पु¥याएर प्रस्ताव लैजाँदा पनि राष्ट्रपतिले संविधानको व्यवस्था अनुसार प्रधानमन्त्रीमा नियुक्त नगरेर ओलीको इसारामा चलेको आरोप लगाए । 

देउवाले अदालतले आफूलाई प्रधानमन्त्री बनाउ भनेर राष्ट्रपतिलाई आदेश दिनुपर्ने समेत बताए।
 

शेरबहादुर देउवा केपी शर्मा ओली विपक्षी गठबन्धनको पत्रकार सम्मेलन

विशेष