News

दिपक मनाङे कांग्रेसलाई पनि घाँडो, भन्छन्– सहमति कार्यान्वयन नभए सपथ लिन्न

दिपक मनाङे कांग्रेसलाई पनि घाँडो, भन्छन्– सहमति कार्यान्वयन नभए सपथ लिन्न

भनेजस्तो मन्त्रालय पाउने आशमा विद्रोह गरेर पृथ्वी सुब्वा गुरुङ्गको सरकार ढालेका गण्डकी प्रदेशका विना विभागिय मन्त्री राजिव गुरुङ (दिपक मनाङे) कांग्रेस सरकारसँग पनि वार्गेनिङ्गमा उत्रिएका छन् ।

युवा तथा खेलकुद मन्त्रीका रुपमा आइतबार सपथ खुवाउने तयारी भईरहेका वेला मनाङेले असन्तुष्टि जनाउँदै सहमति कार्यान्वयन नभए सपथ नलिने धम्की दिएका छन् ।

कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल संविधानको धारा १६८ उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएको शनिवार २३ दिन पुगेको छ । तर पोखरेल नेतृत्वको सरकारले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेको छैन। गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँटको सहमति जुट्न नसक्दा मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको हो।

शुक्रबार भएको निर्णयअनुसार नेपाली कांग्रेसबाट सरकारमा सहभागी कुमार खड्काले सामाजिक विकास मन्त्रालय, माओवादी केन्द्रबाट मन्त्री बनेकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जनता समाजवादी पार्टीका हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र स्वतन्त्र सांसद मनाङेलाई युवा तथा खेलकुद मन्त्रालय दिने टुङ्गो लागेको थियो।

मन्त्री मनाङ्गेले भने गठबन्धन गर्ने समयमा भएको सहमति कार्यान्वयन नभएसम्म आफूले विभागीय मन्त्रीको सपथ नखाने बताएका छन्। उनी भन्छन्,‘कांग्रेस र माओवादीले गतिछाडा पारा देखाए। जसपालाई अर्थसहित दुई वटा मन्त्रालय, मलाई भौतिक मन्त्रालय दिने भनेर लिखित/अलिखित सहमति गरे तर अहिले कार्यान्वयन गर्न आलटाल गरिरहेका छन्। यसरी हुँदैन, सहमति कार्यान्वन नभएसम्म म सपथ खान्न।’
 

विशेष