News

रुपामाथि जातीय विभेद गर्नेलाई कारबाही गर्न विप्लव युवा संगठनको माग

रुपामाथि जातीय विभेद गर्नेलाई कारबाही गर्न विप्लव युवा संगठनको माग

नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाको युवा संगठनले रुपा सुनारमाथि भएको जातीय विभेदको घटनालाई लिएर भत्र्सना गर्दै पिडकलाई कारबाही गर्न माग गरेको छ । असार १२ गते विप्लवको युवा संगठन उपत्यका विषेश व्युरोले विज्ञप्ती जारी गर्दै जातीय विभेद जस्तो अमानविय व्यवहार गर्ने सरस्वती प्रधानलाई कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ ।


उपत्यका विषेश व्यरो संयोजक प्रविनले  असार १२ गते घटनाको भत्र्सना गर्दै विज्ञप्ति जारी गरेका छन् । 


यता, जातीय विभेदको आरोपमा पक्राउ परेकी ५८ वर्षीया सरस्वती प्रधान भने रिहा भएकी छिन् । उनी ईमेज टेलिभिजनका कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी थिइन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको जानकारी दिए । यसअघि प्रहरीले प्रधान घरबेटीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।


जातीय विभेदको आरोपमा पक्राउ परेकी प्रधानलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारी गाडीमा महानगरीय प्रहरी परिसरबाट घर सम्मै छोडि दिएका थिए ।  मन्त्री श्रेष्ठले रुपा सुनारमाथि भएको विभेदमाथि निष्पक्ष छानबिन गर्न नदिएर हस्तक्षेप गरेको भन्दै विभिन्न राजनितिक दल, संघ संगठनले विरोध जनाएकाछन् । छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई रिहा गराउन मन्त्री आफैं प्रहरी कार्यालय पुग्नु आपत्तिजनक भएको विभिन्न राजनितिक दल, संघ संगठनको भनाई छ । 


जातकै आधारमा कोठा दिन अस्वीकार गरेर जातीय विभेद गरेको आरोप लागेकी घरबेटी सरस्वती प्रधानलाई रिहा गराउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ बुधबार आफैं प्रहरीको सिंहदरबार वृत्त पुगेका थिए ।


 

विशेष