News

साउनदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

साउनदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

सरकारले साउनदेखि सरकारी तथा नीजि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ ।

साउनदेखि दर्ता हुने नयाँ सवारी साधन र नवीकरण गर्न जाने पुराना सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको हो।

सर्वोच्च अदालतबाट विभागको पक्षमा फैसला आएपछि साउनबाट सो नम्बर प्लेट अनिवार्य गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

इम्बोस्ड प्लेट जोड्न दुई पांग्रेको हकमा २५ सय, तीन पांग्रे साना सवारीमा दुई हजार ९ रुपैयाँ र कार, जिप, भ्यान र ट्रयाक्टरलगायत चार पांग्रेलाई ३२ सय रुपैयाँ शुल्क तोकेको छ । ठूला सवारीले इम्बोस्ड प्लेटका लागि ३६ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । विभागका अनुसार हालसम्म १८ हजार सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ ।

विभागले ०७४ भदौ ५ बाट सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जोड्न सुरु गरेको थियो । तर, प्लेटमा नेपाली भाषाको अंक र अक्षर प्रयोग नभएको विषयमा विवाद सुरु भयो र यो मुद्दा सर्वोच्च अदालत सम्म पुगेको थियो ।

इम्बोस्ड नम्बर प्लेट

विशेष