News

दयालु निर्दयी भएपछि– ढुङ्गाले हानेर वावुको हत्या

दयालु निर्दयी भएपछि– ढुङ्गाले हानेर वावुको हत्या

मोरङको सुनवर्षी नगरपालिका–४ मा आफनै छोराको कुटपिटवाट एक पुरुषको मृत्यु भएको छ । कुटपिटवाट गम्भीर घाइते भएका ६८ वर्षीय टिनताल ताजपुरियाको आईतवार मृत्यु भएको हो ।

छोरा दयालुले ढुंगाले हानेर घाइते भएका टिनताललाई कोसी अस्पतालले अन्यत्रै रिफर गरेको थियो । ४० वर्षीय दयालुले अत्यधिक मात्रामा मादक पदार्थ सेवन गर्ने गरेका दयालुले सोहि करण घरमा झगडा गर्ने गरेका थिए ।

शुक्रबार राति पनि दयालुले मादक पदार्थ सेवन गरेर घरमा विवाद गरेका थिए । रातीको मदिराले केहि छोडेपछि शनिवार विहान बरन्डामा सुतेका टिनलाललाई दयाुले ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ । 

छोराले ढुंगा हानेपछि टिनलाल चिच्याएका थिए। टिनलाल चिच्याएको सुनेर दयालुकी छोरी बरन्डामा निस्किएपछि उनले ढुंगा फालेका थिए। त्यसपछि उनले छोरी पनि आक्रमण गर्न खोजेको तर, उनले भागेर ज्यान वचाएको प्रहरीको भनाई छ ।

उनले नै गाउँलेहरुलाई खवर गरेकी थिईन । आफन्त र छरछिमेकीले टिनलाललाई अस्पताल पुर्याएका थिए । कोसी अस्पतालले अन्य अस्पताल लैजान रिफर गरिदिएपछि टिनलाललाई घर लगेर राखीएको थियो । टिनलालको आइतबार बिहान ५ बजे घरमा नै मृत्यु भएको प्रहरीको भनाई छ ।

दयालु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मञ्जिल मुकारुङले जानकारी दिए।
 

टिनताल ताजपुरिया दयालु ताजपुरिया

विशेष