News

चोरीको आरोपमा वालकलाई हिरासतमा लिएर वेहोस हुने गरी प्रहरीको कुटपिट

चोरीको आरोपमा वालकलाई हिरासतमा लिएर वेहोस हुने गरी प्रहरीको कुटपिट

धनुषामा प्रहरीले एक बालकलाई चोरीको आरोपमा पक्राउ गरेर हिरासतमा निर्घात कुटपिट गरेको छ। 

धनुषाको शहिदनगर नगरपालिका–४ ननुपट्टी बस्ने १५ वर्षीय रविशंकर कुमार पण्डितलाई प्रहरीले हिरासतमा कुटपिट गरेको हो । कुटपिटबाट घाइते भएका बालकको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको छ।

उनलाई अचेत अवस्थामा शनिबार साँझ अस्पताल पुर्याईएको थियो ।

रविशंकर दैनिक दुध पुर्याउन जाने गरेको मनिष गुप्ताको घरमा चोरी भएको विषयमा प्रहरीले उनलाई लिएर गएको थियो । प्रहरी कार्यालयमा पुर्याएपछि पाइपले कुटेको उनका काका बिन्देश्वर पण्डितले जानकारी दिए।

बालकका दुवै पैताला, हातको औंला, खुट्टाको औला सुन्निएको र खुट्टाको तिघ्रामा पाइपको निलडाम बसेको छ। 

शहिदनगर–३ यदुकूहा स्थित इलाका प्रहरी कार्यालयको छेवैमा रहेको गुप्ताको घरमा गत शुक्रबार राति चोरी भएको थियो । सिसिटिभी फुटेजका आधारमा वालकसँग सोधपुछ गरिए पनि कसैले कुटपिट नगरेको प्रहरीले जनाएको छ ।
 

विशेष