News राजनीति

सांसद भुषालको मागः मलाई स्वतन्त्र सांसदको मान्यता दिइयोस

सांसद भुषालको मागः मलाई स्वतन्त्र सांसदको मान्यता दिइयोस

नेकपा एमालेका नेता तथा राष्ट्रियसभा सदस्य बेदुराम भुसालले आफूलाई स्वतन्त्र सांसदको मान्यता दिन माग गरेका छन् ।

संसद सचिवालयमा सूचना दर्ता गराउँदै उनले आफु निर्वाचित भएको दल अस्तित्वमा नरहेकाले आफूलाई स्वतन्त्र सांसदको रुपमा व्यवहार गर्न उनले माग गरेका छन् ।

यसैगरी, आफूले पाउने तलब तथा सेवा सुबिधाबाट लेवी वा अन्य कुनै रकम कुनै पनि दलको खातामा जम्मा नगरिदिन भुषालले अनुरोध गरेका छन् । एमालेका सांसदको तलबबाट सचिवालयले लेवी कटाएर सिधै दलको खातामा पठाउने गरेको छ ।

तत्काली नेकपाबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएका भुसाल नेकपा विघटनपछि एमालेको स्थायी कमिटि सदस्यको हैसियतमा माधव नेपाल समुहमा क्रियाशील छन् । 

विशेष