News

एमाले स्थायी कमिटी बैठक वालुवाटारमा वस्दै

एमाले स्थायी कमिटी बैठक वालुवाटारमा वस्दै

नेकपा एमालेको स्थायी कमिटी बैठक केहि वेरमा वालुवाटारमा वस्दैछ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान ९ बजेका लागि बैठक बोलाएका हुन्।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, पार्टी एकता तथा अदालतको अन्तरिम आदेशपछिको उत्पन्न वस्तुस्थिति बारेमा केन्द्रित भएर छलफल हुने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

माधव नेपालसहितको बैठक बोलाउने विषयमा समेत आजको बैठकमा थप छलफल हुन सक्ने नेताहरू बताउँछन्। पार्टी भित्र वढ्दै गएको असन्तुष्टिले एमाले विभाजनको अन्तिम अवस्थामा छ।

केपी शर्मा ओली स्थायी समितिको बैठक

विशेष