News

मस्र्याङ्दीमा एस्काभेटर फस्यो, अपरेटरको सकुशल उद्धार

मस्र्याङ्दीमा एस्काभेटर फस्यो, अपरेटरको सकुशल उद्धार

मनाङ सदरमुकाम चामेस्थित मस्र्याङ्दी नदीमाथिको मोटरेबल पुलमा एस्काभेटर फसेको छ । नदीले बगाएर ल्याएको काठ, बालुवा र ढुङ्गा पुलबाट निकाल्ने क्रममा एस्काभेटर र अपरेटर फसेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए।

मौसम अनुकूल भए एस्काभेटर निकाल्ने प्रयास गरिने प्रजिअ लामिछानेले जानकारी दिए। एस्काभेटर बीच भागमा नै रहे पनि नार्पाभूमि गाउँपालकाका अपरेटर सर्लाहीका बरथुवा नगरपालिका–७ स्थायी घर भएका २७ वर्षीय मुकेशकुमार कुशवारको सकुशल उद्धार गरिएको उनँले बताए । जिल्लामा रहेको क्याराभान कम्पनीको एउटा मात्रै एस्काभेटर पनि मस्र्याङ्दी नदीको बीचमा फसेको हो । 

नदीको सतह घटेपछि पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा निकाल्न थालिएको हो । पुलमा बालुवा रहेकाले केही भाग भासिएकाले एस्काभेटर अड्किएको हो । पुलमा बाढीले बगाएर ल्याएको काठ, ढुङ्गा र बालुवा अड्किएर पानी जाने बाटो अवरोध हुँदा नदीले बस्तीतर्फ धार परिवर्तन गरेको छ । नदीलाई पहिलेको धारमा फर्काउन पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा निकाल्न अत्यावश्यक देखिएको छ ।
 

एस्काभेटर

विशेष