News विचार

दलाई लामाको ‘अवतार’ र फ्रि–तिब्बत आन्दोलन !

नारद मधेशी

दलाई लामाको ‘अवतार’ र फ्रि–तिब्बत आन्दोलन !

नेपाल, भारतदेखि लिएर संसारका बिभिन्न मुलुकमा मार्च १० का दिन जुलुस प्रदर्शन हुने गरेका छन् । राष्ट्र र राष्ट्रियताको लागि दशकौंदेखि हुदै आएको यो आन्दोलन किन हुने गर्छ र यसलाई कसरी हेरिनु पर्छ ? भन्ने प्रश्न विश्व समुदाय बिच चासोको बिषय हो।

सन् १९६० देखि तिब्बती बौद्ध भिक्षुहरुले तिब्बतमा आन्दोलन गरिरहेका छन् । आन्दोलनको स्वरुप र मागहरु चाहिँ राष्ट्र, राष्ट्रियता, पहिचारको लागि धार्मिक दृष्टिकोण सँगसँगै राजनीतिक दृष्टिकोणले प्रेरित भएको देखिन्छ । आन्दोलनको समर्थनमा विश्व समुदायका गायक र ‘पप स्टार’ एवं हलिउडका कलाकारहरुले समेत सहभागीता जनाउदै फरक कार्यक्रमहरु गर्दै आएका छन् ।

यसका समर्थकहरुले चीनमा हुने गरेका अन्तरराष्ट्रिय महत्वका कार्यक्रमहरु बहिस्कार गर्ने माग समेत हुँदै आएका छन् । जस्तै २००८ को अगस्त महिनामा चीनमा भएको ओलम्पिक खेल पनि बहिस्कार गर्नुपर्छ भन्ने तर्क आएको थियो ।

चीनमाथि दबाव बढाउदै अमेरिकी संसदले तिब्बतको समर्थनमा विधेयक पारित गरेपछि अमेरिका चिनबिचको सम्बन्ध चिसिएको छ । तिब्बती नीति र समर्थन अधिनियम (टीपीएसए)लाई अमेरिकी संसदको दुबै सदनले १ दशमलव ४ ट्रिलियन डलर  सरकारी खर्च विधेयक र ९ सय अर्ब डलर कोविड–१९ राहत प्याकेज पास गरेको छ । यो अधिनियम चीनकोे त्यो अधिकारिहरुको आर्थिक र वीजÞा प्रतिबन्ध लगाउछ, जसले दलाई लामाको उत्तराधिकारको बिषममा हस्तक्षेपकारी भूमिका निभाउछन् ।

साथै यस कानुन अनुसार चीन अब अमेरिकामा कुनैपनि नयाँ कन्सुलेट खोल्न पाउनुभन्दा पहिला ल्हासामा अमेरिकाको कन्सुलेट स्थापित गर्न स्वीकृती दिनु पर्दछ । अमेरिकी सदनको यो निर्णयले केन्द्रीय तिब्बती प्रशासनलाई हौस्याएको छ । प्रशासनका राष्ट्रपति लोबसा“ग सांगेले यसलाई ‘तब्बती नगरिकहरुको लागी यो ऐतिहासिक घटना हो’ भनेका छन् ।

हार्वर्ड यूनिवर्सिटीमा पढ़ाई गरिरहेका सांगेलाई व्हाइट हाउसमा निमन्त्रण गरिएको थियो जँहा उनले तिब्बती बिषयमा नवनियुक्त अमेरिकाका विशेष संयोजक रांबर्ट डेस्ट्रोसंग भेटवार्ता समेत भएको थियो । चीनसँगको मित्रताको प्रयासमा सिथिल बनेको तिब्बती आंदोलनको पक्षमा उभिएर दशकांैपछि आफुले गरेको ठुलो गल्तीलाई अमेरिकी सरकारले सच्याएको छ भन्ने यस आन्दोलनका समर्थकहरुको राय छ । हुन पनि यस घटनाले वैश्विक भू–राजनीतिक परिदृश्य बद्लिएको छ । 

कम्युनिष्ट चीनले स्वतन्त्र तिब्बतमाथि ७ अक्टुबर १९५० मा आक्रमण ग¥यो र आफ्नो कब्जामा लियो । चिनको कब्जा बिरुद्ध भएको बिद्रोहलाई चिनको सेनाले रक्तपातपुर्ण दमन गरिरहेको पृष्ठभुमीमा दलाइ लामा विदेसिनु प¥यो । जसले गर्दा तिब्बतको धर्म एवं संस्कृतिसमेत साबिक स्वरुपमा बाँचिरहन सकेन । 

दलाई लामा स्वयम् अहिंसक रुपले तिब्बती संघर्षलाई जारी रखने कुरामा स्पष्ट दृष्टिकोण राख्दै आएका छन । उनले पटकपटक स्पष्ट गर्दै आएका छन् कि चीनबाट पुर्ण स्वतंत्रताभन्दा पनि ‘फ्रि तिब्बती आन्दोलन’ पुर्णरुपेण स्वायत्तता चाहेको हो । तर चीन त्यसमाथी ‘विखण्डनको आन्दोलन’ भन्ने आरोप लगाउदै दमन गर्दै आएको छ । जबदेखि उनीे तिब्बतत छोडेर भारत प्रबास हुनु पर्यो तबदेखि उनी चीनको दमनका बिरुद्ध अनबरतÞ तिब्बती संघर्षको प्रतीक बनेका छन् ।

उनका व्यक्तित्व र संदेश पूरै विश्वमा गुन्जयमान छ । चीनले सकेसम्म गरेको कोशिसको बावजूद यहाँलाई विश्वसमुदायमा सम्मान मिलेको छ र उनलाई मायाँ तथा आदर गर्दै आएका छन् । आधुनिक राजनीतिमा ‘दलाई लामाको अवतार’ जस्तो मुद्दांमा चिन्तित हुनु हुदैन । तर दलाई लामा एक अलग खालका शख्सियत हुन । 

अवतार सम्बन्धी ममाान्यता
हिन्दु मान्यताजस्तै तिब्बती बौद्ध पनि विश्वास गर्दछन कि प्रत्येक व्यक्ति पुनर्जन्मको चक्रबाट  गुज्रेको हुन्छ । जसको निर्धारण उसले गरेका कर्मबाट हुन्छ । तर ठुला लामा जसमा बोधिसत्व अवलोकितेश्वरको अवतार दलाई लामा सबैभन्दा वरिष्ठ हुन्छन । र, तिब्बती मान्यता अनुसार उनी निर्णय गर्न सकछन कि, उनका पुनर्जन्म कहिले र कहाँ हुन्छ । खास गरेर ठुला लामा अफ्नो अवतारको बारेमा विस्तृत जानकारी आफ्ना खास सहायकहरुलाई गुप्त रूपमा जानकारी गराएका हुन्छन जो पछि उनीहरुले खोजी गरेर अवतारको रुपमा मान्ने गर्दछन् ।
उमेर बढ़ेसँगै दलाई लामाले यो मुुद्दाको वारेमा धेरै बिचार गरेपनि उनले पुनर्जन्म प्रक्रियालाई  राजनीतिक रुपमा कसरी नियन्त्रण गर्न सकिन्छ । एकातर्फ उनले भनेका छन कि के पुनर्जन्म लिनु नै हुदैन ? अर्कोतर्फ उनले स्पष्ट दिशा–निर्देश जारी गर्दै यसमा आफ्नो चासो पनि देखाएका छन् । यो प्रक्रियामा ठुलो आशंका र धोखाको सम्भावना पनि छ । जसको मुख्य कारण चीन जसले  निश्चित रुपमा दलाई लामाको मृत्यु पश्चात आफ्नो अनुकुल उत्तराधिकारी घोषणा गर्दछ ।

चीन पहिलादेखि ठुला लामाको  नियुक्तको बिषयमा अन्तिम अधिकार आफ्नो भएको र त्यसका स्वकृती इतिहास र परम्परा दिएको कुराको दाबी गर्दै आएको छ । सन् २००७ मा चीनको धार्मिक मामिला प्रशासनको फÞैसला अनुसार पुनर्जन्मको निश्चित आफुमा निहित गरेको छ । योभन्दा पहिला सन् १९९५ मा चीनले चिंग राजवंशको रीतिलाई पुर्नबहाल गर्दै प्रमुखÞ तिब्बती भिक्षुको चुनाव स्वर्ण कलशबाट निकालिएको चिट्ठाबाट गरिएको थियो । उक्त बर्षको मईमा चीनको सरकारले दलाई लामाद्वारा चुनिएको छ वर्षका गेधुन चोएक्यी नियिमालाई १० औ पंचेन लामाको अवतार नमान्ने घोषण समेत गरेको थियो ।

त्यसको ठाउँमा चीनले गाइनचेन नोरबूलाई १० आंै पंचेन लामाको अवतार घोषित गरेको थियो । नियिमा र उनका परिवारलाई त्यसपछि फेरी कसैले देख्न पाएन । जबकि परम्परागत रुपमा दलाई लामा र पंचेन लामा एक–अर्काका गुरुको भूमिका निभाउने र दलाई लामा समर्थनमा आधारित  तिब्बती परम्पराको सिद्धान्त थियो ।

भूकम्प पछि  अपरेशन ‘दलाई लामा’
चीनको स्वसासित क्षेत्र तिब्वतको सिगात्सेमा यतिवेला नेपाल बुझ्ने र नेपाली बोल्नेको नयाँ जमात पनि बढेको छ ।

६ वर्षअघिको भूकम्पपछि खासाका सबै बासिन्दालाई सिगात्से सारेर उतै बसोबास गराइएको छ ।  टेन्टमा रहेका तिब्बतीहरुलाई हाउजिङमा सारिएको छ । तिनलाई राजीखुसीले भने पक्कै लगिएको छैन । भुइँचालोले खासालाई चिराचिरा पारेपछि, त्यसबेला उद्धार गर्न आएका चिनियाँ सुरक्षाकर्मीले घर–घरमा दलाई लामाका तस्बिर र ‘फ्री तिब्बत’ गतिविधिका प्रमाण फेला पारेका कारण जबर्जस्ती ४५० किमि टाढाको सिगात्से पुर्याईएको छ ।

अहिले सिगात्सेका घरमा दलाई लामा तस्विर छैनन्, त्यहाँका घरमा सी चिनफिङका तस्बिर राख्न लगाइएको छ । त्यति मात्र होइन उनको तस्विरमा खादा पनि पहिर्याएको छ । तर त्यो इच्छाले हो कि देखाउन मात्र– त्यो भने प्रश्नकै बिषय छ ? 

खासाका तिब्बतीलाई बेखुसी व्यक्त गर्ने अधिकार छैन । थातथलो छाड्नु परेको पीडा मनभित्र पक्कै होला, तर अवसर र सम्भावनाको अभावसँगै चिनियाँ सेनाको दमनले पनि उनीहरुलाई बाध्य बनाएको छ । उसबेला खासाबाट ‘उठाइएको’ समूहमा तिब्बती मात्र रहेनछन्, त्यहाँ काम गर्न गएका र त्यतै बस्ने गरेका सिन्धुपाल्चोक र काभ्रेका करिव ५० जना नेपाली पनि छन् ।

तिब्बतको इतिहास र यथार्थ
तिब्बत लगभग  १३ सय बर्षसम्म चार राज्यका रुपमा सामन्ती राजा मंगोल र मञ्चुहरुवीच बाँडिएको थियो । त्यतिखेर थुप्रै विखण्डनहरु भए र पछि फेरि मिल्दै गए । लगभग छैठौंदेखि नवौं शताब्दीसम्म तिब्बतले यति ठूलो साम्राज्य बढायो कि चीनको तत्कालीन राजधानी छियाङ्गसम्म कब्जा गर्न पुग्यो ।

सत्रौं शताब्दीदेखि बीसौं शताब्दीसम्म तिब्बत ठूलो राजनीतिक षडयन्त्र, हत्या र आंतकको तनाववाट गुग्रिरहेको थियो । त्यस बेला तिब्बत माथी मंगोल राजाहरुको वर्चस्व थियो जसले दलाई लामालाई संरक्षण दिएका थिए ।

वास्तवमा  चौथो दलाई लामा ताकÞतवर मंगोल प्रमुख अल्तान खÞानका परिवारमा अवतरित भएका थिए । त्यसपछिका दलाई लामा अर्थात पाँचौ लामा (१६१७—१६८२) धार्मिक प्रमुख हुनुका साथै देशको अस्थायी शासक पनि थिए ।

वास्तवमा चीनले २०औ शताब्दीभन्दा पहिला आफुलाई बर्तमान चिन जस्तो देखेन । छुटाछुटै साम्राज्यहरुका दासत्वका कारण उसका धेरै प्रान्तहरुमा आ–आफ्नै खालका समस्याहरु थिए। जुन अहिले पनि धेरैहदसम्म छन् । त्यसका कारणहरु आफैमा जटिल र आधुनिक सिद्धान्तको तुलना भन्दा भिन्न छन् । 

भविष्य
बितेको तीन दशकमा छुटाछुटै समयमा चीन र तिब्बतले आपसी मुद्दाको समाधानको लागि प्रयास गरे । तर सन् २००८ देखि परिवर्तीत विश्व राजनैतिक व्यवस्थामा चीन अगाडि आएदेखि उसले तिब्बतको बारेमा कठोर बाटो अपनाउदै सबै खाले छलफल र बार्ताहरुलाई विराम लगाएको छ ।

२०१३ मा तिब्बतका प्रमुख र पोलिटब्यूरो सदस्य यू झेनशेंगले घोषणा गरेका थिए कि ‘तिब्बती स्वायत्तताको बारेमा दलाई लामाको माँग चीनको संविधान बिपरित छ ।’ दलाई लामा सार्वजनिक रुपमा ‘तिब्बत प्राचीन समयदेखि चीनको अभिन्न अगं हो भनी घोषणा गर्नुका साथै ‘तिब्बती स्वतंत्रता’ आन्दोललाई परित्याग गरिएको घोषण गरेपछि मात्र चीनको कम्युनिस्ट पार्टीसंग राम्रो हुने झेनशेंगले घोषणा गरेपछि झनै स्थिती बिग्रेको हो ।

अहिले  तिब्बतमाथी  चीनको दमन र नियन्त्रण दरिलो छ । वास्तवमा राष्ट्रपति शी चिनफिङ्गको बर्तमान बयानले चिन तिब्बतका बौद्ध धर्मलाई चीनीकरण नै गर्न चाहेको कुरामा दुइमत छैन । त्यसभित्रको रहस्य आफैमा रहस्यमै नै छ ।

तर तिब्बतको भविष्यको शासन बारेको एक बैठकमा राष्ट्रपति सीले तिब्बत माथीको पकड र शासनलाई  स्थायित्व दिन र फ्रि तिब्बत आन्दोलनको बिरोधमा ‘अजेय किला’ बनाउन निर्देशनलाई प्रमुखता दिएको देखिन्छ  ।

चीनले अहिले तिब्बती बौद्धहरुलाई उनीहरुका इच्छित दिशासम्म धकेल्न ‘पुर्णशिक्षा’ अभियान  कार्यक्रमलाई तिब्रता दिएको छ । तिब्बतको बौद्ध धर्म मान्नेहरुलाई चीनी कम्युनिस्ट पार्टीको विश्वासमा परिवर्तीत गर्नु असामान्य कुरा होइन ।

धर्मलाई कम्युनिष्ट बनाउने काम आफैमा अप्रत्यारिलो दमन र मानव अधिकारको ठुलो हनन हो । तर बौद्ध धर्म विरोधी अभियानप्रति तिब्बतीहरु जुझि रहेका छन् । जुन आफ्नो संस्कृति र तिब्बती राष्ट्रियता प्रति ठुलो वफादरी हो ।

दलाई लामा फ्री तिब्बत सिगात्से अपरेशन

विशेष