News राजनीति

एमाले प्रवक्ता भन्छन्– केही नेताहरु विपक्षीलाई काँधमा वोकेर हिडेका छन्

एमाले प्रवक्ता भन्छन्– केही नेताहरु विपक्षीलाई काँधमा वोकेर हिडेका छन्

नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीका केही नेताहरु विपक्षीलाई काँधमा राखेर उनीहरुलाई शक्तिशाली बनाउने प्रयासमा लागेको आरोप लगाएका छन् ।

आइतबार स्थायी समितिको बैठकपछि प्रवक्ता ज्ञवालीले यति हुँदा हुँदै पनि पार्टी एकताको आशा कायमै रहेको र धेरैे नेता÷कार्यकर्ता एमाले एकताकै पक्षमा रहेकाले प्रयत्न र प्रयास जारी राखिएको बताए ।

एमालको एकतालाई मध्यनजर गरेर अध्यक्ष केपी शर्मा ओलीले गत जेठ २३ गते आह्वान गरको स्मरण गर्दै उनले कतिपय नेताका व्यवहार एकतासँग मेल नखाने खालका भएको वताए । त्यसले एमालेलाई जोगाउन नसक्ने बताए । 

‘सीमित नेताहरुको यस्तो चाहना होला । तर, देशैभरका कार्यकर्ता र जनताको चाहना, स्थिरता र स्थायित्वका पक्षधर कसैको पनि चाहाना एमाले विभाजनको चाहना होइन । त्यसो भएर जनताको चाहनासँग उहाँहरुका क्रियाकलाप मेल खाएका छैनन। हामी एकता जोगाउन प्रयत्नशील छौ, आशा मारेका छैनौं । तर अव नेताहरु के गर्नुहुन्छ आन्दोलन र व्यक्तिगत जीवलाई कसरी लानुहुन्छ यो भविष्यले निर्धारण गर्ला’– ज्ञवालीले भने।

बैठकमा गत जेठ २७ गते सर्वोच्चले गरेको फैसलाका बारेमा समेत छलफल भएको जनाईएको छ । बैठकले जेठ २७ को फैसला त्रुटिपूर्ण भएपनि मानेर नै चलेको भन्दै कानुनभन्दा बाहिर गएर गएको फैसला नटिक्ने एमालेको ठहर उनले सुनाए ।

त्यसविरुद्धको एमाले भ्याकेटमा गैसकेको पनि उले जानकारी दिए ।

यो पनि

एमाले स्थायी कमिटी बैठक वालुवाटारमा वस्दै

प्रदीपकुमार ज्ञवाली स्थायी समितिको बैठक

विशेष