News

दिपक मनाङेको वखेडाले गण्डकी प्रदेशको मन्त्री परिषदले अझै पुर्णता पाएन

दिपक मनाङेको वखेडाले गण्डकी प्रदेशको मन्त्री परिषदले अझै पुर्णता पाएन

स्वतन्त्र सांसद राजिव गुरुङ (दिपक मनाङे) ले वखेडा झिकेपछि आज पनि गण्डकी प्रदेश सरकारले मन्त्री परिषदलाई पुर्णता दिन सकेन ।

मन्त्रिपरिषद्मा रहेका ४ जनामध्ये २ जनालाई मन्त्रालयको जिम्मेवारी दिँदा दुई जनालाई भने फेरि विना विभागीय बनाइएको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीहरू कुमार खड्कालाई सामाजिक विकास मन्त्रालय र मधुमाया अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिइएकी हुन् । खड्का कांग्रेस र अधिकारी माओवादीबाट मन्त्री भएका हुन् ।  

यस्तै मन्त्री बनेका राजिव गुरुङ (दीपक मनाङे) र जनता समाजवादी पार्टीबाट मन्त्री बनेका हरिशरण आचार्य विनाविभागीयमै सिमित छन् । गुरुङ्गले भौतिक पूर्वाधार विकास मन्त्रालयमा दावी गरेपनि मुख्यमन्त्री पोखरेलले युवा तथा खेलकुद मन्त्रालय दिन चाहेका छन् ।

युवा तथा खेलकुद मन्त्रीका रुपमा आइतबार सपथ खुवाउने तयारी भईरहेका वेला मनाङेले असन्तुष्टि जनाउँदै सहमति कार्यान्वयन नभए सपथ नलिने धम्की दिएका छन् ।

शुक्रबार भएको निर्णयअनुसार नेपाली कांग्रेसबाट सरकारमा सहभागी कुमार खड्काले सामाजिक विकास मन्त्रालय, माओवादी केन्द्रबाट मन्त्री बनेकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जनता समाजवादी पार्टीका हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र स्वतन्त्र सांसद मनाङेलाई युवा तथा खेलकुद मन्त्रालय दिने टुङ्गो लागेको थियो।

मन्त्री मनाङ्गेले भने गठबन्धन गर्ने समयमा भएको सहमति कार्यान्वयन नभएसम्म आफूले विभागीय मन्त्रीको सपथ नखाने बताएका थिए ।


यो पनि

दिपक मनाङे कांग्रेसलाई पनि घाँडो, भन्छन्– सहमति कार्यान्वयन नभए सपथ लिन्न

दिपक मनाङे कृष्णचन्द्र नेपाली पोखरेल गण्डकी प्रदेश विना विभागीय

विशेष