सुनिल शर्माको बिराटनगर स्थित नोबेल ज्यानमारा अस्पताल !

सुनिल शर्माको बिराटनगर स्थित नोबेल ज्यानमारा अस्पताल !

कोरोना महामारीका कारण यति वेला सर्वसाधारणलाई जिवन वचाउन धौ धौ छ। रोग र भोक दुवै मार खेपी रहेका आफन्त र परिवारलाई संक्रमित सदस्यको ज्यान जोगाउन धौ धौ छ। उनीहरु विरामीको ज्यान जोगाउन जस्तो सुकै हण्डर उठाउन तयार छन् ।

विरामीलाई अस्पताल भर्ना गर्न पाए जिवन जोगिन्छ भन्ने आशामा उनीहरुले अनेक उपाय लगाउँछन् । र, अस्पतालको शैय्यामा पुर्याएपछि मानौ भगवानको शरणमा पुगेको अनुभव गर्छन, उनीहरु । 

तर, यहि माहामारीको मौका र सर्वसाधारणको विश्वासको फाईदा उठाउँदै कतिपय निजी अस्पतालले भने कमाउधन्दा सुरु गरेका छन्। विरामीलाई थुनेर महंगो शुल्क अनुसल्ने देखि अनावश्यक रुपमा आईसियु र भेन्टिलेटरमा विरामीलाई राखेर शुल्क वढाएको भन्दै अस्पताल विरुद्ध समाचारहरु पनि सार्वजनिक भईरहेका छन् ।

भारतको जम्मु–कास्मिर घर भई हाल ललितपुरको कुपण्डोल वस्दै आएका ६५ वर्षिय इन्दर सिंह सुडानले त अस्पतालले ठगि गरेको भन्दै ललितपुरको कुपण्डोलस्थित सर्वाङ्ग स्वास्थ्य सदन प्रालि, विरुद्ध महानगरिय प्रहरी परिसर ललितपुरमा उजुरी दर्ता गराए। 


यो समस्या राजधानीको मात्रै होईन, राजधानी वाहिर पनि सर्वसाधारणलाई दुहुनु गाई वनाएर पैसा दुहुन खोज्ने अस्पतालको कमी छैन । यीनै अस्पतालहरु मध्ये मोरङ्गको विराटनगर स्थित नोवेल शिक्षण अस्पताल पनि एक हो ।

गत जेठको अन्तिम साता मोरङ्गका नवराज विश्वास (नाम परिवर्तन) विरामी परे । पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो । धेरै लक्षणहरु देखिएकाले उनलाई अस्पताल राखेरै उपचार गर्ने परिवारले निधो गयो । सल्लाह अनुसार नवराजलाई नोवेल अस्पतालमा भर्ना गरियो ।

अस्पतालमा भर्ना हुनासाथ स्वास्थ्यकर्मीहरुले उनलाई हाइफ्लो अक्सिजनमा राखे । कोरोना पुष्टि भईसकेपछि पनि अस्पतालले अनावश्यक रुपमा विभिन्न प्रकारका महङ्गा टेस्टहरु गरायो । र अत्यमा कडा खालको एण्डिवाईटिक चलाएर विरामीलाई कोठामा राखियो ।

तर, विरामीलाई अस्पतालमा भर्ना गरेदेखि एक दिन पनि डाक्टर र नर्सले छोएनन्। कोठाको सरसफाई पनि वन्द भयो । वेड रुम र शौचालय दङ्दङी गन्हाएन थालेपछि विरामीलाई थप समस्या होला भनेर परिवारका सदस्यहरु आत्तिन थाले ।

यति मात्र होईन, विरामी वसेको कोठामा भिजिटरको जथाभावी प्रवेशले पनि थप समस्या निम्तन सक्ने देखिएपछि आफन्तको अस्पताल प्रतिको विस्वास घट्न थाल्यो । उपचार केहि नगर्ने तर, स्वास्थ्यकर्मीले प्रयोग गर्ने पिपिईसमेत किनेर दिनु पर्ने भएपछि उनीहरु आजित थिए ।

यति हुँदा हुँदै पनि अस्पताल र डाक्टर प्रतिको विस्वासका कारण उनीहरुले केहि गर्ने हिम्मत गर्न सकेनन् । तर, ४ दिन उपचार गर्दा पनि विरामी सञ्चो हुनुको सट्टा झनै समस्या वढ्दै गयो । स्वास्थ्यकर्मीहरुले ‘अव विरामीलाई आईसियुमा राख्नु पर्छ’ भन्दै दवाव दिन थाले ।

अक्सिजनको फ्लो नै नभएको आशंकाले त्यस विषयमा कुरा गर्दा डा. रामहरी घिमिरे लगायतका स्वास्थ्यकर्मीहरुले ‘डाक्टरभन्दा जान्ने हुने ?’ भन्दै उल्टै थर्काए। विरामीको अवस्था विग्रदै गएको र अस्पतालले जथाभावी गर्न थालेपछि आफन्तहरु अत्तालिन थाले । महंगा टेष्ट, जथाभावी औषधीको प्रयोग, डाक्टर, नर्स लगायतका स्वास्थ्यकर्मीहरुको लापर्वाही लगायतका कारण परिवारका सदस्यले अस्पतालको नियत माथि नै शंका गरे । 

त्यसपछि आफन्तले विरामीलाई डिस्चार्ज गर्न अस्पताल समक्ष आग्रह गरे । अस्पतालले डिस्चार्ज त दियो तर उपचारका क्रममा प्रयोग गरिएको औषधीको रकेर्ड समेत दिईएन । विरामीलाई हेलिकप्टर मार्फत काठमाण्डौं पुर्याईयो ।

एउटा निजी अस्पतालमा भर्ना गरेको ३ दिनमै विरामीलाई विशेक हुन थाल्यो । अहिले नवराजलाई अक्सिजन विनै राखिएको र स्वास्थ्य सुधारोन्मुख रहेको उनका आफन्तले जानकारी दिए । तर, नोवेल अस्पतालको उपचार पद्धती, त्यहाँ गर्ने ब्यवहार र अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको नियतका कारण आफुहरु आश्चर्यमा परेको उनीहरुको भनाई छ ।

‘हामीले त हेलिकप्टरवाटै भएपनि विरामीको उद्धार गर्यौ । तर, डाक्टरलाई भगवान मानेर अस्पताल जाने र आर्थिक अवस्था कमजोर भएका ब्यक्तिको अवस्था के भईरहेको होला ?’ एक सदस्यले भने–‘यदि त्यहि राखिरहेको भए हाम्रो विरामीको अवस्था के हुन्थ्यो कल्पना गर्न सकिदैन ।’

नोबल मेडिकल कलेजका अध्यक्ष हुन्–डा. सुनिल शर्मा । शर्मा सञ्चालक रहेको यो कलेज पटक पटक विवादमा तानिने गरेको छ। शर्मा कांग्रेसका नेता पनि हुन्, कांग्रेसमा उनको पहुँच माथिल्लो तहसम्म छ। 

२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसको तर्फबाट शर्मा मोरङ क्षेत्र ३ बाट उम्मेदवार बनेका थिए। शर्मा तत्कालीन नेकपा एमालेका भानुभक्त ढकालसँग झिनो मतले पराजित भएका हुन । 

उनले निर्वाचनका समयमा आफू चुनाव लडेको क्षेत्रमा नोबेल मेडिकल कलेजको तर्फबाट स्वास्थ्य शिविरको अभियान नै चलाएका थिए। उनले काठमाण्डौं मेडिकल कलेज पनि खरिद गरेको चर्चा छ। 

गोपनियतालाई ध्यानमा राखेर पीडितको परिचय गोप्य राखिएको छ-सं

यो पनि

ठगी आरोपमा सर्वाङ्ग अस्पताल विरुद्ध प्रहरीमा जाहेरी

सर्वाङ्ग अस्पतालको लुट धन्दा, विरामीलाई थुनेर थमाईयो १२ लाखको विल

सर्वाङ्ग स्वास्थ्य सदन प्रालि नोबल मेडिकल कलेज डा. सुनिल शर्मा

संम्बधित खबर

विशेष