News

मुख्यमन्त्री राईको बिलासिताको बिल तिर्न प्रदेश १ को बिकासे बजेट काटियो (प्रमाणसहित)

मुख्यमन्त्री राईको बिलासिताको बिल तिर्न प्रदेश १ को बिकासे बजेट काटियो (प्रमाणसहित)

प्रदेश १ मुख्यमन्त्री एवम नेकपा एमालेका नेता शेरधन राई वेला–वेला वेलामा चर्चामा आईरहन्छन् । विशेष गरी वालिका खड्का प्रकरणमा उनी धेरै आलोचित हुने गरेका छन् ।

पछिल्लो पटक मुख्यमन्त्री राईले आफनो विलासीताका लागि बिकासको बजेट काटेर काठमाण्डौंमा घर भाडा तिरेको विषय सार्वजनिक भएपछि उनको चर्चा फेरी चुलिँदै गएको छ । 

हुन त मुख्यमन्त्री राई धनाढ्य परिवारवाट प्रतिनिधित्व गर्छन । भोजपुरको आमचोक गाउँपालिका–३, थिदिङ्खाको पसलभन्ज्याङ्गका स्थायी वासिन्दा राई  २०५६ सालमा २५ वर्षको उमेरमा चुनाव जितेर प्रतिनिधिसभामा कान्छो सांसद बनेका थिई ।

२०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा राई दोस्रो पटक संसद बनेका थिए । दोस्रो संविधानसभामा राईले संसदको सुशासन तथा अनुगमन समितिको सभापति भएर काम गरे । दोस्रो संविधानसभा सदस्य भएकै बेला राई पहिलो पटक सञ्चारमन्त्री पनि बने ।

जग्गा दलाली उनको  आमदनीको अर्को स्रोत हो । बिराटनगर र काठमाण्डौंमा शेरधनकै सहभागितामा अनेक जग्गा पलटिङ्ग भएका छन । दाजुभाइलाई अघि सारेर उनले काठमाण्डौमा पलटिङ्ग गर्दैआएका छन । शेरधनको काठमाण्डौंमै पनि आलिसान भब्य घर छन ।

तर, प्रदेश १ का मुख्यमन्त्री उनैले काठमाण्डौंमा समेत मासिक ३ लाख तिर्ने गरी सरकारी आबास लिएका छन । विराटनगरमा मुख्यमन्त्रीको आवास छँदै छ । काठमाण्डौको आवास खर्च तिर्ने पैसा नभएपछि ०७७ वैशाखमा प्रदेश सरकारले बिकास खर्चबाट रकम हस्तान्तरण गर्ने निर्णय गरेको पाईएको छ ।

शेरधन राई घर भाडा वालिका खड्का

विशेष