News

माधव नेपालले किन संकलन गर्दैछन् ओलीको भाषणको रेकर्ड ?

माधव नेपालले किन संकलन गर्दैछन् ओलीको भाषणको रेकर्ड ?

पूर्वप्रधानमन्त्री माधवकुमार प्रधानमन्त्री केपी शर्मा ओलीका भाषण रेकर्ड गरेर राख्न आग्रह गरेका छन् । 

नागरिक समाजका अगुवाहरूसँग नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अन्तक्र्रियाका क्रममा नेपालले आफूले ओलीका विगतदेखिका भाषण खोजी गरिरहेको पनि बताए।

‘हामी आफैँ अरूलाई भन्छौं, आफू मान्दैनौँ । यसमा नम्बर वान सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ,’ भन्दै उनले राजनीतिमा सिस्टम बसाएर मात्र नहुने रहेछ भन्ने देखिएको उल्लेख गरे। राजनीति गर्न राम्रो संस्कार पनि आवश्यक हुने वताएका उनले ओलीको ब्यंग्य गरे ।

विपक्षी गठबन्धनमा आफू पार्टी नेताको हैसियतमा नआएको प्रष्ट्याएका उनले गठबन्धन संविधानको रक्षाका लागि वनेको र त्यसमा विचलित नहुने प्रतिवद्धता पनि जनाए ।

प्रधानमन्त्री ओलीको ब्यंग्य गर्दै उनले भने–‘उहाँबाट सिक्नुपर्ने धेरै छन्। मलाई बौलाहा कुकुरले टोकेको छ र भनेर उहाँले कति राम्रो कुरा गर्नुभएको छ।’
 

विशेष