News राजनीति

‘ठूलो चलखेलको गन्ध आएको छ, संसद पुनर्स्थापना हुनेमा विश्वस्त छैन’

‘ठूलो चलखेलको गन्ध आएको छ, संसद पुनर्स्थापना हुनेमा विश्वस्त छैन’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद विघटनलाई वैधानिकता दिलाउन ठूलो चलखेल भईरहेको गन्ध आफुलाई आएको वताएका छन् ।

पेशागत संगठनका व्यक्तित्वसँग विपक्षी पाँच दलीय गठबन्धनले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आयोजना गरेको अन्तक्र्रियाका क्रममा प्रचण्डले नजिर हेर्दा संसद पुनर्स्थापना हुने वताईदै तर, आफुलाई चै विश्वास नलागेको वताए ।

‘पुरानो नजिरलाई हेर्दा संसद् पुनःस्थापना हुन्छ भन्नेछ। तर अझैं म विश्वस्त बन्न सकेको छैन’– उनले भने। 

संवैधानिक नियुक्ति पनि खारेज गरेर पुनःनियुक्ति गर्नुपर्ने उनको जिकिर छ। कोरोना महामारीमा पनि सरकार कमिसनको खेलमा लागेर खोप ल्याउन नसकेको उनले आरोप लगाए। आफूहरुको सरकार बन्नासाथ पहिलो जिम्मेवारी जनताको जिउधनको रक्षा गर्नुपर्ने भएको उनले बताए। 
 

विशेष