News

देउवा भन्छन्– राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानको धुजा वनाए

देउवा भन्छन्– राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानको धुजा वनाए

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानको धुजा–धुजा पारेको आरोप लगाएका छन् ।

विभिन्न पेशागत क्षेत्रका प्रतिनिधिसँग नयाँ वानेश्वर स्थित संसद भवनमा आयोजित अन्तरक्रियामा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीले राष्ट्रपतीय संस्थाको गरिमा र मर्यादा राख्न नसकेको बताए।

संविधानको धारा ७६ को (५) ले कुनै पनि संसद सदस्यले बहुमतको आधार पेश गरे राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने व्यवस्था रहेको वताउँदै उनले राष्ट्रपतिले त्यो आधारलाई लत्याएको आरोप लगाए । ‘त्यो आधार हामीले प्रस्तुत गरेपनि प्रधानमन्त्रीमा नियुक्त नगरेर उल्टै प्रतिनिधिसभा विघटन गरियो’ उनले भने–‘ यसले राष्ट्रपतिको गरिमा रहेन।’
 

विशेष