News अपराध सुरक्षा

वालिका करणी गरेको आरोपमा युवक पक्राउ

वालिका करणी गरेको आरोपमा युवक पक्राउ

दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थायी घर भइ  हाल भक्तपुर नगरपालिका– ९ चोखा बस्ने ३२ वर्षीय वसन्त दमाई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् । 

आरोपी दमाईले कमलविनायकस्थित कोठामा बसिरहेकी  १२ वर्षीया बालिकालाई घरमा कोही नभएको मौकामा फकाएर करणी गरेको भनी पीडितकी आमाले दिएको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी दिपक गिरीले जानकारी दिए।

पीडितको स्वास्थ्य परीक्षण र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रनाउ गिरीले बताए।
 

विशेष