News राजनीति

शुक्रवार समिट होटलको गोप्य भेटमा के भएको थियो एमाले नेताको सहमति ? 

शुक्रवार समिट होटलको गोप्य भेटमा के भएको थियो एमाले नेताको सहमति ? 

शुक्रवार एमालेको दुबै पक्षका नेताहरूबीच ललितपुरको समिट होटलमा भेटघाट र छलफल भएको खबर एकाएक बाहिर आयो । तर, एकजना नेताले भने–‘छलफल होइन,चिया खान भेट मात्रै गरिएको हो ।’ त्यहाँ उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल गएकै थिएनन्। गृह मन्त्रालयको पदभार ग्रहण कार्यक्रममा व्यस्त भएकाले पौडेल नगएको बताइन्छ ।

तर सुवास नेम्वाङ, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र भीम आचार्यबीच केही बेर भेटघाटसम्म भएको हो । अरुभन्दा भुसाल एक घण्टा ढिलो पुगेका थिए। भेटघाटमा सहभागी एक जना नेताले भने– ‘केही कुरा भएन, एक कप चिया खायौं, फेरि बसौंला भनेर छुट्टियौं ।’

बालुवाटारले यसबीच एमालेको विवाद लगभग मिलिसकेको भन्दै प्रचार गरेको विषय अनौपचारिक रुपमा उठेको बताइन्छ । उताबाट सबै कुरो मिलिसकेको तर भुसालको कारण अन्तिम निश्कर्षमा नपुगेको भन्ने एकोहोरो प्रचारप्रति अर्को पक्षका कमरेडहरूले असन्तुष्टि जनाएको बुझिएको छ ।

शुक्रवारको उक्त भेटमा कर्णालीका चार जना सांसदको पदखारेजी रोकाउने आदेशविरुद्ध एमाले भ्याकेटमा गएको बारे केही पनि उच्चारण नभएको बताइन्छ । अघिल्लो आइतवार बिहान कर्णालीका एमाले नेता प्रकाश ज्वालासँगको फोन सँवादमा नेता सुरेन्द्र पाण्डेले बालुवाटार भ्याकेटमा जाँदैन, ढुक्क हुनुस् भनेका थिए। 

तर त्यसो भनेको केही घण्टा नबित्दै सुरेन्द्रहरुसङ्ग गरिएको सहमतिमाथि घात गरियो । एमाले भ्याकेट निवेदन लिएर सर्वोच्च अदालत गयो । जबकि एकता वार्तामा नियमित भेटघाट गरिरहेका नेताहरूलाई बालुवाटार पक्षले भ्याकेटमा जाँदैनौं भनेर आश्वस्त तुल्याएको थियो ।
यो सामग्री जनआस्थावाट साभार गरिएको हो।
 

विशेष