News

मदन भण्डारीका हस्तलिखित प्रश्नः जवाफ केपीले दिने की माधव कमरेडले ?

मदन भण्डारीका हस्तलिखित प्रश्नः जवाफ केपीले दिने की माधव कमरेडले ?

‘पुरानो शासनका निर्णायक तत्वहरु पंचायती नेताहरु हुन कि राज्ययन्त्र हो ? अहिले पुरानो राज्ययन्त्र फेरिएको छ कि त्यसवाट पंचायती तत्वहरु हटाईएका छन ? पंचायती तत्वहरु हटाईएका ब्यवस्थाको स्वरुप मात्र फेरिएको भए ति पंचायती तत्वहरु अहिलेका मुख्य वा मुल खतरा रही रहेका छन् की छैनन् ?’

यि प्रश्न जन नेता मदन भण्डारीका हुन् । भण्डारीको ७०औं जन्मदिनका अवसरमा पत्रकार किशोर श्रेष्ठले आफनो फेसवुकमा ‘उहाँको डायरीको टिपोट’ भन्दै फोटो शेयर गरेका छन् । मदनले त्यतिबेला उठाएका यी प्रश्न अझै पनि पेचिला छन् । तर, यसको जवाफ दिने कोही छैन । वरु उनले नै हुर्काए वढाएको पार्टीका नेताहरु उनले संकेत गरेका ‘....  तत्वहहरु’ सँग मेल खाने प्रकारका कृयाकलापमा मुग्ध छन् । 

१४ असार ००९ मा जन्मीएका भण्डारी जम्मा ४१ बर्ष बाँचे । ३७ बर्षमा नेकपा (माले) को महासचिव भएर ३ बर्ष ८ महिना नेतृत्वमा रहे। जम्मा एउटा चुनावमा भाग लिएको उनको ३ जेठ ०५० मा दासढुङ्गा दुर्घटनामा मृत्यु भयो । उनको मृत्युको कारण दुर्घटना हो या हत्या हो भन्ने अझै खोजिको विषय छ । तर, नेपालको कम्युनिस्ट आन्दोलनमा आज पर्यत्न चुनौतीविहीन नेताका रुपमा भण्डारीलाई लिने गरिन्छ । 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भण्छन्–‘अधिनायकवाद तथा निरंकुशता विरुद्ध लामो संघर्ष गरेका सहयोद्धा भण्डारीको नेतृत्वमा हामीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र हाम्रो देशको कम्युनिस्ट आन्दोलन समेतको अनुभवका आधारमा मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासको नायकका आधार निर्माण गर्यौं। यसै सन्दर्भमा कम्युनिष्ट पार्टीलाई एकीकृत बनाउने, लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्ने, स्वच्छ छवि कायम राख्ने, जनताको दुख– सुखमा सहभागी हुने, बहुदलीय प्रतिस्पर्धाका आधारमा जनताको विश्वास प्राप्त गरी शासन सञ्चालन गरी जनअपेक्षा पूरा गर्दै समाजवादको लक्ष्यमा अघि बढ्न उनको नेतृत्वमा जनताको बहुदलीय जनवाद प्रतिपादन गरिएको हो।’ 

शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिष्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवम् सरकार सञ्चालन नगरी राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्र विरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधान माथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तितो यथार्थ एवम् हामी सबैका लागि दुःखद अवस्था रहेको उनको भनाई छ ।

माधवकुमार नेपाल मदन भण्डारी किशोर श्रेष्ठ

विशेष