एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा नेता नेपालसहित ११ लाई छैन निम्तो

बुधबार विहान वस्न लागेको नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरुलाई पनि निम्ता पठाईएको छ ।
वैठकमा नेता नेपालसहित ११ जनालाई भने वोलाईएको छैन ।
वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्का लगायत ११ जनालाई नबोलाइएको एमालेका पार्टी कार्यालयले जनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले १० जेठमा नेता खनाल, नेपाल सहितलाई पार्टीबाट निष्कासन गरेका छन्।
कारबाहीमा परेकाबाहेक सवैलाई बैठकमा बोलाइएको छ जनाईएको छ।
वुधवार विहान ११ वजे वस्न लागको यो बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी विघटन गर्ने तयारी छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशन आयोजक कमिटी बनाए पनि सर्वोच्च अदालतले मान्यता दिएको छैन । उनले २८ फागुनमा आयोजक कमिटी गठन गरेका थिए ।