News

शिक्षामन्त्रीको पुतलाले पनि पोखरामा झडप गरायो !

शिक्षामन्त्रीको पुतलाले पनि पोखरामा झडप गरायो !

पोखरामा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको पुतला जलाउने क्रममा प्रहरी र जात व्यवस्था उन्मूलन मोर्चा गण्डकीका युवाहरुविच झडप भएको छ । पोखराको मानवअधिकार चोकमा मन्त्रीको पुतला जलाएपछि झडप भएको हो ।

जातीय व्यवस्थाविरुद्ध भएको प्रदर्शनपछि केही युवाले मन्त्रीको पुतला जनाएका थिए । मन्त्रीले जातीय विभेद गर्नेलाई संरक्षण गरेको युवाहरुको आरोप छ।

पुतला जलाउने मोर्चाका प्रतिनिधि किरण नेपालीसहित जनता समाजवादी पार्टीनिकट नेत्र चापागाईं र रेशम सापकोटालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । मोर्चाले दिउँसो दुई बजेपछि जातीय व्यवस्थाविरुद्ध प्रदर्शन तथा पुतला दहनको कार्यक्रम आयोजना गरेको थियो । 
 

विशेष