News स्वास्थ्य

वीपी प्रतिष्ठानका उपकुलपति रक्सिले मातेर वसेपछि वार्ता भाँडियो, पदाधिकारी थुनिए

वीपी प्रतिष्ठानका उपकुलपति रक्सिले मातेर वसेपछि वार्ता भाँडियो, पदाधिकारी थुनिए

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्ष र प्रतिष्ठान पदाधिकारी बीचको मंगलवारको वार्ता विफल भएको छ ।

वार्ताका लागि संघर्ष समितिका सहसंयोजक डा. विष्णु पोखरेलको नेतृत्वमा उपकुलपतिको कार्यकक्षमा प्रवेश गरेका थिए । वार्ता सुरु गर्ने क्रममा उपकुलपति डा. ज्ञानेन्द्र गिरीले बोलेपछि आन्दोलनरत पक्ष उपकुलपति गिरी रक्सिले मातेर वार्तामा आएको आरोप लगाए। त्यसपछि आन्दोलनकारीहरु वार्तास्थलबाट बाहिर निस्किएर पदाधिकारीहरुलाई कोठाभित्र थुने। 

भिसीले मादक पदार्थ सेवन गरेर आएको एक सहभागिले दावी गरे । उपकुलपति गिरीको स्वास्थ्य परिक्षण गर्नु पर्ने उनीहरुको माग छ। 

प्रतिष्ठानमा अनियमितता भएको भन्दै फ्याकल्टी, विद्यार्थी, नर्स तथा चिकित्सकहरु आन्दोलनमा छन् । आन्दोलनरकारीहरुले दुई दिनयता रिले अनसन गरिरहेका छन् ।

उनीहरुसँग मंगलबार वार्ता सुरु भएको थियो । आन्दोलनरत पक्षका डा.एसपी रिमालले उपकुलपति मातेर वार्तामा आएको बताए ।
 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति डा. ज्ञानेन्द्र गिरी वार्ता विफल

विशेष