News

माओवादी केन्द्रले कारवाही गरेका २ मेयर अदालतद्वारा पुनर्बहाली

माओवादी केन्द्रले कारवाही गरेका २ मेयर अदालतद्वारा पुनर्बहाली

माओवादी केन्द्रले कारवाही गरेर पदमुक्त भएका दुई मेयरलाई सर्वोच्च अदालतले पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश कुमार चुँडालको एकल इजलासले मंगलबार साह र कुशवाहको रिटमा सुनुवाइ गर्दै पनर्बहालीको आदेश जारी गरेको हो ।

निवेदकले नेकपा माओवादी केन्द्र छाडेर अर्को दल गठन गरेको वा अर्को दलमा प्रवेश गरेको यकिन हुन नसकेको भन्दै अदालतले निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न भनेको हो ।
यस्तो छ अदालतको आदेश
 

विशेष