News

यी हुन ओली निकट युवा संघको रोपाइँ कार्यक्रममा चोपाइँ गर्दा भाइरल भएका युवा-युवती

यी हुन ओली निकट युवा संघको रोपाइँ कार्यक्रममा चोपाइँ गर्दा भाइरल भएका युवा-युवती

धान दिवसको अवसरमा प्रधानमन्त्रि केपी शर्मा ओली निकट नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले भक्तपुरमा रोपाइँ गरेको छ । रोपाइँमा एमाले नेता एवम् पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत नेता, कार्यकर्ता सहभागी थिए । रोपाइँमा सहभागीले आपसमा हिलो छ्याछ्यापसँगै नाचगान गरी रमाइलोसमेत गरेका थिए ।


रोपाइँ कार्यक्रम मै भएको चोपाइँको एउटा फोटो भने सामाजिक सञ्जाल भरी भाईरल भैइरहेको छ । भाईरल भैइरहेको फोटोमा एक जना युवती र एकजना युवा हिलोमा पछारिएका छन् । युवतीले ती युवाको घाटीमा अंगालो बेरेर जोरले कसेकी छिन् । ती युवाले आफ्नो घाटीमा बेरिएको युवतीको हात अंगालोबाट छुटाउन खोजेको जस्तो देखिन्छ । आधा शरिर हिलोमा डुबेका युवा युवती मुसुक्क मुस्कुराएको देखिन्छ । त्यसैबेला कसैले खिचिक्क फोटो खिचि दियो र त्यहि फोटो अहिले सञ्जाल भरी भाईरल भैइरहेको छ । 


सामाजिक सञ्जालमा भाईरल भएको उक्त फोटोको बारेमा थुप्रैले टिप्पणी गरेका छन् । फोटोलाई लिएर रोपाइँका नाममा विकृती भित्र्याउन नहुने देखि रोपाइँ काण्ड कै कारण मन्त्री पद गुमाएका हरी पराजुलीसम्म जोडेर सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रतिक्रिया जनाएकाछन् । 


रोपाइँ काण्डमा भाईरल भएकी युवती चर्चित रस्लिङ्ग खेलाडी अस्मिता जुरेली (सुनार) रहेको स्रोतले बताएको छ । अस्मिता मोडलिङ पृष्ठभूमिबाट आएकी हुन् । आधा दर्जनभन्दा बढी म्यूजिक भिडियोमा उनको अभिनय देख्न पाइन्छ । चलचित्र भुलभुलैयामा उनी खलनायिका पनि बनिन् । तर, २०७० सालमा जसै महिला रेस्लर भगवती खड्कासँग उनको भेट भयो, बाटो बदलियो । अनि, भरतबहादुर विसुराल ‘हिमालयन टाइगर’ सँग रेस्लिङ–कला सिकिन् । र, अस्मिताबाट ‘जुरेली’ बनिन् ।


युवा संघले आयोजना गरेको रोपाइँ कार्यक्रममा जुरेलीसँग चोपाइँ गरेर भाईरल भएका युवा भने चर्चित लोक दोहोरी कार्यक्रम इन्द्रणीका कलाकार छत्र शाही रहेको स्रोतले जनाएको छ । 

रोपाइँ कार्यक्रममा चोपाइँ अस्मिता जुरेली

विशेष