News

दरवार हत्याकाण्डः कस्ले, कति वजे ज्यान गुमाए ?

दरवार हत्याकाण्डः कस्ले, कति वजे ज्यान गुमाए ?

२०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ । 

युवराज दिपेन्द्रले परिवारका सदस्यहरुलाई गोली हानेर मारेको र पछि आफैलाई गोली हानेको भनेर छानविन प्रतिवेदन सार्वजनिक भयो । तर, २० वर्षपछि पनि उक्त प्रतिवेदन विश्वास योग्य देखिदैन। घट्ना अझै पनि रहस्यकै गर्भमा छ ।

पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो । कस्को कहिलै निधन भयो ? विवरण यस प्रकार छ।

क) श्री ५ महाराजाधिराज वीरेन्द्र वीरविक्रम शाहदेव राति ९ः१५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।
ख) श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मीदेवी शाह राति ९ः१५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।
ग) श्री ५ अधिराजकुमार नीराजन वीरविक्रम शाह राति ९ः१५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।
घ) श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मीदेवी राणा राति ९ः२० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा र ९ः५५ बजे अस्पतालमा मृत घोषित ।
ङ) श्री ५ अधिराजकुमारी शान्ति राज्यलक्ष्मीदेवी सिंह राति ९ः३५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।
च) श्री ५ अधिराजकुमारी शारदा राज्यलक्ष्मीदेवी शाह राति ९ः३० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।
छ) श्री ५ शाहजादी जयन्ती राज्यलक्ष्मी शाह राति ९ः३० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।
ज) श्री कुमार खड्गविक्रम शाह राति ९ः३५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।
झ) श्री ५ युवराजाधिराज दीपेन्द्र वीरविक्रम शाह २०५८/२/१९ राति ९ः२४ बजे वीरेन्द्र सैनिक पुर्याएको र २०५८/२/२२ गते सोही अस्पतालमा बिहान ३ः४५ बजे मृत घोषित ।
ञ) श्री धीरेन्द्र शाह २०५८/२/१९ राति ९ः२४ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याएको र २०५८/२/२२ गते बेलुकी ५ः५७ बजे सोही अस्पतालमा मृत घोषित ।

यो पनि

दिपेन्द्रका बारेमा यस्तो भन्थे डा. देबकोटा, के हो ‘कालो पदार्थ’ को रहस्य ?

दीपेन्द्र– देवयानीको १३ वर्ष लामो प्रेम, सुप्रिया थिईन पहिलो प्रेमीका

किन विरेन्द्र सर्वसाधारणको हृदयमा बसे ?

दरवार हत्याकाण्ड

विशेष