News अपराध सुरक्षा

मुख्यमन्त्रीलाई खुलेआम बलात्कारी भन्नेलाई कारबाही किन नहुने?

मुख्यमन्त्रीलाई खुलेआम बलात्कारी भन्नेलाई कारबाही किन नहुने?

‘यो वलात्कारीले गज्जवकै राजनीति गर्न लागेछ, काठमाण्डौंमा सम्पर्क कार्यालय राखेर। म हुँदा हुँदै तेरो राजनीति त खुलि...।’

वालिका खड्का पुस्पाञ्जली नामको फेसवुकमा लेखिएको स्ट्याटस हो यो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले साढे तीन लाख मासिक भाडा तिर्ने गरी काठमाण्डौंमा सम्पर्क कार्यालय खोलेको समाचारलाई फेसवुकमा शेयर गर्दै वालिकाले यो स्ट्याटस लेखेकी हुन ।

मुख्यमन्त्री जस्तो ब्यक्तिलाई सार्वजनिक रुपमा वलात्कारी भन्दै अपशब्द प्रयोग गरेर गालि गर्दा पनि हालसम्म उनलाई कारवाही गरिएको छैन । सामाजिक संजालमा जे पायो त्यही लेखेको बिषयमा अरुलाई कारबाही भएका पसस्त उदाहरण छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेसबुकमा अपशब्द लेखी गाली गरेको आरोपमा २८ मङ्सिर ०७४ मा प्रहरीले त्रिचन्द कलेजका विद्यार्थी २० वर्षीय विवेक बानियाँलाई पक्राउ गरेर विद्युतीय करोबार ऐन अन्र्तगत मुद्दा चलाईएको थियो ।

यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीलाई गालि गर्ने र अपशब्द प्रयोग गर्नेहरुलाई  पनि प्रहरीले पक्राउ गरी नसिहत दिएको छ । तर, मुख्यमन्त्री राईलाई तथानाम गर्ने वालिकालाई भने हालसम्म कुनै पनि कारवाही नगर्नु आश्चर्य भएको जानकारहरु वताउँछन् ।

शेरधन राई विरुद्ध वालिकाले अपशब्द प्रयोग गरेको यो पहिलो घटना होईन। उनले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा धेरैपटक उनको मान मर्दन हुने कृयाकलाप गर्दै आएकी छिन् । यो राईको मात्र होईन मुख्यमन्त्रीको नै अपमान हो । मुख्यमन्त्रीको पटक–पटक यसरी अपमान हुँदा नागरिकहरु चिन्तित छन् । 

बालिकालाई कारबाही नभएको देख्दा कतै साच्चिकै उनिमाथी अन्याय भएको त हैन? भन्ने आशंकाहरु पनि भईरहका छन् । विपक्षी दल र एमाले भित्रै यस विषयमा चर्चा सुरु भएको छ। नेता मात्र होईन, सर्वसाधारणमा पनि वालिकामाथि अन्याय भएकै होकी भन्ने आशंकाहरु वढिरहेका छन्।

बालिका काठमाडौंबाट बिराटनगर गएर मुख्यमन्त्री कार्यलय अगाडी पटकपटक धर्ना बसेकी थिईन। प्रत्येक पटक प्रहरीले उनलाई नियन्त्रणमा लिएर प्लेन को टिकट काटेर काठमाडौ पठाउने गरेको छ। यो टिकट को प्रायोजन कस्ले गर्छ? प्रस्न उब्जिएको छ। घुमाउरो पारामा मुख्यमन्त्रीले नै यसको प्रवन्ध गर्ने गरेको पार्टी बृतमा चर्चा छ। 

बालिकाले एक पटक काठमाडौंस्थिति एमाले पार्टी कार्यलयमै तान्डब देखाइन। उनी मुख्यमन्त्रीलाई साह्रै तल्लो स्तरमा अपशब्द प्रयोग गर्छिन।  सामाजिक संजालमा बलात्कारीसम्म भन्छिन। पदलामा उनलाई प्रहरीले धरपकड गर्छ। अनि ‘पागल’ भनेर छोड्छ। 

वालिकाको अराजक्ता वढड्दै गएपछि पार्टीभित्र बहस सुरु भएकोछ– ‘कि त बालिकालाई कारवाही गरियोस, पागलपन भए उपचार गरियोस । यदि उनी साँच्चै पीडित हुन भने शेरधन माथी छनबिन होस।’ 

शेरधनले बिवाह गर्नु अगाडि बालिकालाई आर्थिक प्रलोभन देखाएको तथा राजनैतिक संरक्षणको प्रलोभन देखाएर यो केस मिलाउन खोजेको चर्चा छ। तर उनको प्रयास एमाले भित्रको गुटबन्दीका कारण सफल भएन। बालिका ओली गुटकै ब्यक्ती हुन। पिडित भएको चर्चा सुरु भएपछि विपक्षिले उनलाई उचालेको बताउनेहरु पनि छन।

उनी ओलीको पहिलो मन्त्रीमण्डलमा सचिबालयको कर्मचारी थिईन। विबाद सुरु भएपछी उनलाई निकालिएको थियो । त्यसपछि उनलाई सिंहदरबार प्रबेशमा पनि रोक लगाईयो ।

मुख्यमन्त्री शेरधन राई वालिका खड्का विद्यादेवी भण्डारी केपी शर्मा ओली

विशेष