News

प्रधानमन्त्री विरुद्धको प्रदर्शनमा असभ्य गाली, पुतला पनि जलाईयो

प्रधानमन्त्री विरुद्धको प्रदर्शनमा असभ्य गाली, पुतला पनि जलाईयो

जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुकुरको संज्ञा दिदै नाराजुलुस गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘माधव नेपाललाई प्रधानमन्त्री बनाउँन मलाई बहुला कुकुरले टोकेको छ र !’ भनी दिएको अभिव्यक्तिको विरोध गर्दै विरोध प्रदर्शन गरिएको हो ।

विपक्षी गठबन्धननिकट पाँच विद्यार्थी संघठनले आयोजना गरेको प्रदर्शनमा प्रधानमन्त्री विरुद्ध गालि गलौजका नारा समेत लगाईएको थियो ।

प्रदर्शनपछि प्रधानमन्त्री ओलीको पुत्ला पनि जलाईएको थियो । नाराबाजीपछि कोणसभा सुरु हुनै लाग्दा प्रधानमन्त्रीको पुत्ला जलाइएको थियो ।

प्रदर्शनमा नेपाली कांग्रेस, जसपा, नेकपा माओवादी केन्द्र र नेकपा एमाले माधव समूहका विद्यार्थी र युवा सहभागी थिए ।
 

प्रधानमन्त्री केपी शर्मा ओली प्रदर्शन गाली

विशेष