News

रुपा सुनार र सरस्वती प्रधानको विवाद वढ्दै, मानव अधिकार आयोगमा निवेदन

रुपा सुनार र सरस्वती प्रधानको विवाद वढ्दै, मानव अधिकार आयोगमा निवेदन

जातिय छुवाछुतका विषयमा आमने–सामने भएका रुपा सुनार र घरधनी सरस्वती प्रधानको किचलो अझै वढ्ने संकेत देखिएको छ । 

प्रधानले आफुले छुवाछुत तथा विभेदकारी व्यवहार नगरेपनि षड्यन्त्रमूलक तरिकाले फसाइएको भन्दै रुपा सुनार लगायतलाई कारबाहीको माग गरेपछि विवाद अझै वढ्ने देखिएको हो ।

प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिदैँ सञ्चारकर्मी रुपा सुनारमाथि आफुले कुनै प्रकारको जातजाति सम्बन्धी विभेद एवम् छुवाछुतको व्यवहार नगरेपनि आफुमाथि षडयन्त्र गरी प्रहरीमा थुनाएको भन्दै रुपा सुनारलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गरी निवेदन दिएकी छिन् ।

उनले रुपा सुनारलाई कोठा खोज्न सहयोग गर्ने सुष्मा राई र सिर्जना राईलाई पनि कारबाही गर्नुपर्ने माग गरेकी छिन् । असार १ गते दलित भएका कारण कोठा नदिएको भन्दै सुनारले प्रहरी वृत्तमा उजुरी दिएसँगै ३ दिन प्रधानलाई प्रहरीले हिरासतमा राखेको थियो।

प्रधानले निषेधाज्ञाको समयमा पीसीआर रिपोर्टबिना कोठा खोज्न हिँडेर महामारी फैलाउन खोजेको, अपराधिक कार्यका लागि कोठा खोज्न आएको तथा आफ्नो मञ्जुरी बेगर फोन रेकर्ड गरी त्यसैलाई आधार मानेर प्रहरीमा उजुरी दिएकोमा आफ्नो स्वतन्त्रताविपरीत भएकाले कारबाही गरिनुपर्ने बताए।

उनले निवेदनमा भनेका छन्– ‘नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको आदेश उल्लंघन गरी र बिना पीसीआर रिपोर्ट खुल्लेआम आवतजावत् गरी महामारी फैलाउने मानव विरोधी अपराध गरेको, रुपा सुनारलाई कोठा आवश्यकता नै नरहेको भए पनि आपराधिक कार्य गर्नका लागि कोठा खोज्न आएको बाहानाबाजी बनाइ मेरो मञ्जुरी बेगर मेरो फोन रेकर्ड गरी सोही रेकर्ड, प्रमाण सिर्जना गरी मेराविरुद्ध छुवाछुतको उजुरी दिई गैरकानूनी एवम् मेरो व्यक्तिगत जीवनको स्वतन्त्रताविपरीत हुनेगरी पूर्वाग्रहपूर्वक थुनाएको ।’

सुनारले सञ्चारकर्मी प्रमाणपत्रको दुरुपयोग गरेको आरोप पनि निवेदनमा छ । घरधनी श्रीमान र सासु भएको भन्दै उनले आफुलाई घर भाडामा लगाउने अधिकार नभएको स्पष्ट पारेका छिन्। आफुलाई घरधनी भनि झुठा आरोप र जालसाजी गरी मानव अधिकार हनन् गरिएको उल्लेख गरिएको छ ।

सञ्चारकर्मीको प्रमाणपत्रको दुरुपयोग गरी निषेधाज्ञाको दिनमा खुलेआम हिँडेको तथा सुनार आफैले जातको कुरा निकाली आफुलाई विवादमा ल्याएर मानवताविरोधी अपराध गरेको दाबी गरिएको छ ।
 

रुपा सुना

विशेष