News

राउटे युवतीलाई यौन दुर्व्यवहार गर्ने तीनै जना कारागार चलान

राउटे युवतीलाई यौन दुर्व्यवहार गर्ने तीनै जना कारागार चलान

जिल्ला अदालत सुर्खेतले राउटे युवतीमाथि यौन दुर्व्यहार गर्ने तीन जना युवालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ।

गुर्भाकोट नगरपालिकाका दोमन बहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो।

राउटे समुदायका १९ र २३ वर्षीया युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर उनीहरुलाई यौन दुर्व्यवहार गरेपछि उनीहरुविरूद्ध मानव ओसारपसार, यौन दुर्व्यवहार र जबरजस्ती करणाीको मुद्दा दर्ता भएको थियो ।

युवतीलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि तीनै जनालाई प्रहरीले प्रकाउ गरेको थियो ।

न्यायाधीश भीमप्रसाद सापकोटाको एकल इजलासले बुधबार उनीहरुलाई कारागार पठाउने आदेश गरेको हो।
 

विशेष