News

सांसद पुत्र ज्यान मुद्दामा पुर्पक्षका लागि कारागार चलान

सांसद पुत्र ज्यान मुद्दामा पुर्पक्षका लागि कारागार चलान

नेपाली काँग्रेसवाट निर्वाचित प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीका छोरा रविन सिंह कार्कीलाई मोरङ्ग जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

मादक पदार्थ सेवन गरी गाडी चलाएर ठक्कर दिई मजदुरको ज्यान लिएको आरोपमा उनी विरुद्ध सवारी ज्यान मुद्दा दर्ता भएको छ । विराटनगर–५ बरगाछीका २४ वर्षीय रोबिन भनिने रबिन सिंह कार्कीलाई मोरङ अदालतका न्यायाधीश सुदर्शनन लामिछानेको इजलासले बुधबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। 

गत जेठ २० गते बिहीबार राति साढे ७ बजे कार्कीले चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले दुई पैदलयात्रीलाई ठक्कर दिएको थियो। कारको ठक्करबाट ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीय राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए।

दुर्घटना भएको ३ दिनपछि जेठ २३ मा मोरङ प्रहरीले कार्कीलाई पक्राउ गरेको थियो। ‘पक्राउ पर्दा रबिनको साथमा लाइसेन्स समेत भेटिएको थिएन। तर, बागमती प्रदेशबाट बनाएको लाइसेन्स नम्बर सहितको पत्र प्राप्त भएको प्रहरीले जनाएको छ। 
 

विशेष