News राजनीति

ओलीद्वारा माधव पक्षका चार नेतालाई महासचिब बनाउने आश्वासन ! 

ओलीद्वारा माधव पक्षका चार नेतालाई महासचिब बनाउने आश्वासन ! 

राजनीतिक रूपमा अफ्ठ्यारोमा परेका नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली नयाँ–नयाँ फण्डा अपनाउँछन् । यस पटक पनि उनले यस्तै तुरुप फालेका छन ।

वरिष्ठ नेता माधब नेपाल पक्षभित्र खेल्न ओलीले पदको तुरुप थापेका छन् । उनले नेपाल पक्षका नेतालाई पार्टी र सरकारमा आकर्षक पद दिने सन्देश पठाइरहेका छन । नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराइ र गोकर्ण बिष्टलाई भविष्यमा महासचिब बनाउने उनको प्रश्ताव छ।

महासचिब एक पद भएपनि राजनीतिका चतुर खेलाडि ओलीले फरक–फरक पात्रमार्फÞत चारै जनालाई सो पदको आश्वासन दिएका हुन । बहुमत सांसदहरुले अदालतमै गएर कांग्रेस सभापति शेरबहादुर देउबालाई प्रधानमन्त्री बनाउन परमादेश मागेपछि ओली आत्तिएका छन्।

नेपाल पक्षलाई फुटाउनै पर्ने स्थिति रहेकाले सुवाष नेम्वाङ र ईश्वर पोखरेललगायतका नेतालाई ओलीले खटाएका छन । ओलीले योगेश भट्टराईसँग जेलमा संगै बसेको र आफुलाई योगेश पुत्रजस्तो लाग्ने भनेर भाबनात्मक ब्ल्याकमेल गरिरहेको ओली निकट स्रोतले जनाएको छ।

जस्लाई जे भन्दा मन जितिन्छ, त्यही भन्ने शैली ओलीले अपनाएका छन । सुरेन्द्र पाण्डेलाई वरिष्ठ भइकन पनि नेतृत्वमा आउन नसकेको तर आफूले ल्याउने बाचा ओलीले गरेको स्रोतको दाबी छ ।

यसैगरी, नेता घनश्याम भुसाल र गोकर्ण विष्टलाई पनि विहिन्न वहानामा आफुतिर तान्ने ओलीले दुतहरु खटाएको स्रोतले जनाएको छ । एमाले नेपाल समुहका सांसदहरुलाई कारवाही गरेपछि संसदमा ओली पक्ष र विपक्षी दुवै तर्फ वुहमत पुग्ने अवस्था छैन । तर जनता समाजावदी पार्टीको महन्थ–राजेन्द्र समुहसहित नेपाल समुहका ३÷४ जना सांसद आफनो पक्षमा पार्न सके ओलीको वहुमत पुग्ने संभावना रहेकाले उनले मरिहत्ते गरेको जनाईएको छ ।

विशेष