News स्वास्थ्य

नेपालमा भेटिएको कोरोनाको नयाँ भेरियन्टवारे के भन्छ स्वास्थ्य मन्त्रालय ?

नेपालमा भेटिएको कोरोनाको नयाँ भेरियन्टवारे के भन्छ स्वास्थ्य मन्त्रालय ?

ब्रिटेनको एउटा पत्रिकाले नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट देखिएको दाबीसहित समाचार छापेपछि त्यसबारे विभिन्न चर्चाहरु सुरु भएका छन् ।

नेपालमा देखिएको कोरोनाभाइरसको त्यो नयाँ भेरियन्ट ‘ब्रिटिशहरूको बिदाका निम्ति खतरनाक हुन सक्ने’ सामाचारमा दाबी गरिएको छ।

नेपालबाट सुरु भएको ठानिएको नयाँ प्रकार युरोपमा पनि फैलिसकेको र तिनमा कोभिड खोपहरूले काम गर्न नसक्ने वैज्ञानिकहरूको आशङ्का रहेको गरिएको छ।

समाचारको विषयमा नेपालका स्वास्थ्य अधिकारीहरूले पनि चासो व्यक्त गरेका छन्। तर, हालसम्म नयाँ भेरियन्ट पत्ता लागेको सूचना नआएका उनीहरुको भनाई छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म यूकेमा देखिएको अल्फा भेरिअन्ट र भारतमा देखिएका डेल्टा तथा कापा भेरिअन्ट पुष्टि भएको छ।

नेपालमा दोस्रो लहरका क्रममा उच्च सङ्क्रमण दर देखिनुको कारण डेल्टा भेरिअन्ट नै रहेको स्वास्थ्य अधिकारीहरूले बताउँदै आएका छन्।

विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयले नेपालमा नयाँ भेरियन्ट फेला परेको कुराबारे विश्व स्वास्थ्य सङ्गठन “अवगत नभएको“ जनाएको छ।
 

विशेष