News राजनीति

झलनाथ खनालको निस्कर्षः ओलिसँग मिलेर बस्न सकिदैन

झलनाथ खनालको निस्कर्षः ओलिसँग मिलेर बस्न सकिदैन

नेकपा एमालेका निस्कासित वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी ओलीसँग एउटै पार्टीमा वस्न नसकिने निचोड सुनाएका छन।

खनाल र नेपाल समूहको केन्द्रीय कमिटीको बैठकलाई विहिवार सम्वोधन गर्ने क्रममा खनालले यस्तो वताएका हुन । पार्टीलाई एक गर्ने विषयमा पहल जारी राख्नु पर्ने वताएका खानालले तर केपी ओली सुध्रिएर अघि वढ्नेमा आशंका ब्यक्त गरे ।

तसर्थ नयाँ पार्टी वनाउने विषयमा पनि वैठकले एक किसिमको धारणा वनाउनु पर्ने उनको भनाई छ । पार्टी एकताको लागि अन्तिमसम्म प्रयास गर्ने सम्भव नभए नयाँ पार्टी खोल्ने बिषयमा समेत सोच्नु पर्ने उनले वताए ।

ओलीले जालझेल गरेर सत्ता संकट टार्ने प्रयास गरिरहेको उनले बताए।  

वैठकमा आज करिब ६० जनाले आफ्नो धारणा राखेका थिए । बैठक भोलि बिहान ११ बजेबाट निरन्तर बस्ने र नेता माधवकुमार नेपालले पनि सम्वोधन गर्ने कार्यक्रम रहेको नेपाल–खनाल समुहकी केन्द्रिय सदस्य दिलु पन्तले वताईन ।
 

विशेष