News

ओलीको भारत भक्ति देखेर उद्योगपति वसन्त चौधरी पनि चकित !

ओलीको भारत भक्ति देखेर उद्योगपति वसन्त चौधरी पनि चकित !

सरकारले २०७१ सालदेखि रोक लगाइएको ढुंगा, गिट्टी र बालुवा भारत निकासीलाई फेरी फुकुवा गरेको छ । 

चुरेभावरमा अत्यधिक दोहन भएपछि निकासी रोकलाई हटाउने घोषणा सरकारले बजेट वक्तव्यमार्फत गरेको हो । खानीजन्य ढुंगा, गिट्टी र बालुवा निकासीले व्यापार घाटा न्यूनीकरण गर्ने सरकारको दावी छ।

बजेट वक्तव्यको बुँदा नं. १५२ मा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत शिवालिक तथा महाभारत क्षेत्रमा २ सय पोखरी निर्माण गरी जलपुनर्भरण र चुरे क्षेत्रका १ सय ६४ नदी प्रणालीमा भूक्षय नियन्त्रणका कार्यक्रम गर्न १ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको उल्लेख छ । बुँदा नं. १५९ मा आगामी आर्थिक वर्षमा चुरे तथा तराई–मधेस क्षेत्रमा डेढ करोड बिरुवा रोप्ने कार्यक्रम सञ्चालन गर्ने भनिएको छ । तर चुरेभावरमै दोहन हुने गरी बुँदा नं. १९९ मा ढुंगा, गिट्टी र बालुवा निकासी गरिने भनिएको छ ।

बजेट वक्तव्यको बुँदा नं. १९९ मा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गरेपछि खानीजन्य गिट्टी, ढुंगा र बालुवा उत्खनन गर्न सकिने उल्लेख छ । ईआईए वन तथा वातावरण मन्त्रालयले स्वीकृत गर्छ । पछिल्ला समयमा ठूलाखाले संरचनाका ईआईएको गुणस्तरमै प्रश्न उठिरहेकाले खनिज उत्खननका हकमा गरिने ‘ईआईए’ पनि देखावटी हुन सक्ने सम्बद्ध जानकारहरू बताउँछन ।

सरकारको यो तयारीसँगै विभिन्न प्रतिक्रियाहरु सुरु भएका छन् । सरकार सञ्चालक र प्रसंशकहरु सरकारको तयारीको स्वागत गरिरहेका छन् भने अधिकांशले सरकारको यो कदम घातक सावित हुने चेतावनी दिईरहेका छन् । 

तर, उद्योगी वसन्त चौधरीले आश्चर्य ब्यक्त गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्–‘तत्कालिन प्रधानमन्त्री वावुराम भट्टराईको औपचारिक विहार भ्रमणको वेला मुख्य मन्त्री नितिस कुमारले ‘भारतमा वातावरिणीय प्रभावका कारण कानुनत उत्खनन् गर्न नपाईने’ हुँदा विहारको विकासका निम्ति खानीजन्य ढुङ्गा, गिटी उपलब्ध गराउन गरिएको अनुरोधलाई प्रधानमन्त्रीले स्पष्ट ‘नो’ भनेको सम्झिन्छु।’

यसैगरी, लेखक तथा सञ्चारकर्मी चन्द्रकिशोरले पनि ढुङ्गा, गिट्टि भारत निकासी गर्ने सरकारको यो निर्णयले तस्करहरुलाई फाईदा पुर्याईरहेको वताएका छन् । सरकारी निर्णयको स्वागत गर्ने पनि त्यस्तै ब्यक्ति रहेको उनको भनाई छ। ‘यतिखेर ढुङ्गा बेच्ने सपना पस्किने र हाकाहाकी त्यसको बचाऊ गर्ने नेतृत्वगण रूपन्देहीकै हुनु संयोग मात्र होईन । नेपालमा गिट्टी बालुवा सर्वाधिक निर्यात गर्ने जिल्ला मध्ये रूपन्देही पनि हो’ उनले ट्वीटरमा लेखेका छन्–‘छोटो बाटो र समयमा अकूत आर्जन गर्न सकिने यो धन्धाको नाभी कम गहिरो छैन भन्ने प्रष्ट भयो ।’
 

ढुंगा, गिट्टी र बालुवा भारत निकासी वातावरणीय प्रभाव मूल्यांकन उद्योगी वसन्त चौधरी

विशेष