News राजनीति

एमालेमा फुकेन विवादको गाँठो, स्थायी कमिटी बैठक फेरि स्थगित

एमालेमा फुकेन विवादको गाँठो, स्थायी कमिटी बैठक फेरि स्थगित

नेकपा एमालेको विहिवार वस्ने भनिएको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । वैठक अपरान्ह ४ बजेका लागि बोलाइएको थिए ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो।

यसअघि बुधबार बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो ।

संस्थापन पक्षका एक नेताका अनुसार माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति बैठक बसिरहेको र त्यहाँ हुने छलफलका आधारमा स्थायी कमिटी बैठक बस्ने छ ।

संस्थापन पक्षले वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालसहित ११ नेतालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि एमालेको आन्तरिक विवाद विभाजनउन्मुख बनेको छ । त्यसपछि नेपालले आफूलाई ओलीविरुद्ध विपक्षी गठबन्धनमा उभाएका छन् ।

२ जेठमा फर्कने वा फागुन २३ पछिका निर्णय कार्यान्वयन गरेर जाने भन्नेमा एमालेमा विवाद छ । एकतालाई बचाइराख्न केही दिन यता दोस्रो तहका नेताहरुको संवादमा जुटेका छन् । पछिल्ला अनौपचारिक छलफलमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली जेठ २ फर्कन सकरात्मक बनेको बताइएको छ ।
 

विशेष