News

श्रीमतीको उपचार गर्न नआएको भन्दै शिक्षकद्वारा कुटिए स्वास्थ्य संयोजक 

श्रीमतीको उपचार गर्न नआएको भन्दै शिक्षकद्वारा कुटिए स्वास्थ्य संयोजक 

क्रोना संक्रमणका कारण होम आईसोलेसनमा बेसेकी श्रीमतीको उपचार गर्न नआएको भन्दै एक शिक्षकद्धारा स्वास्थ संयोजक कुटिएका छन् ।

हुम्लाको दक्षिणी क्षेत्रमा रहेको चंखेली गाउँपालिकामा होम आइसोलेशनमा रहेका कोरोना संक्रमित श्रीमतीको दैनिक उपचार गर्न नआएको भन्दै शिक्षकले गाउँपालिकाका स्वास्थ्य संयोजकमाथि हातपात गरेका छन् । 

सङ्क्रमित महिला होम आइसोलेशनमा बसेकी र दैनिक बिरामी भेट्न नआएको भन्दै गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढालाई शिक्षक अम्रित रोकायाले हातपात गरेका हुन् । दिनहुँ उपचार गर्न किन नआएको भन्दै आफूमाथि शिक्षक रोकायाले हातपात गरेको संयोजक बुढाले बताउनुभयो । 

सम्बन्धित घटनास्थलमा प्रहरी चौकीको टोली पुगेर छलफल गरिरहेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनुभयो । घटनाबारे जानकारी आएको र प्रहरीले सत्यतथ्य बुझेर प्रक्रिया अगाडि बढाइने प्रजिअ आचार्यले जानकारी गराए । 
 

विशेष