News

ओलीको मन्त्रिपरिषद विस्तारः ‘भारतीय’ को आरोप लागेका देखि देश टुक्र्याउँछु भन्नेसम्म मन्त्री !

ओलीको मन्त्रिपरिषद विस्तारः ‘भारतीय’ को आरोप लागेका देखि देश टुक्र्याउँछु भन्नेसम्म मन्त्री !

जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ–राजेन्द्र पक्ष सरकारमा सहभागी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्री मण्डल नै विवादित बनेको छ । 

एमालेको तर्फबाट मन्त्री बनेका वन तथा वातावरण मन्त्री प्रेम आले, भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङफे र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतोलाई मन्त्रीबाट हटाएर जसपाको महन्थ राजेन्द्र पक्षलाई सरकारमा सहभागि गराउन लागिएको छ ।  

ओलीले विस्तार गर्ने मन्त्रिपरिषदमा जसपाका राजेन्द्र महतो र शरद सिंह भण्डारीलाई समावेश गरिएको छ। महतो र भण्डारी दुवै विवादास्पद व्यक्ति हुन् ।

राजेन्द्र महतोको नागरिकता सम्बन्धि विषयलाई लिएर प्रश्न उठ्ने गरेको छ । महतो भारतिय नागरिक भएको संगिन आरोप लाग्ने गरेको छ ।

महतो भारतिय नागरिक भएको भन्दै नागरिकता छानबिन गर्न भनेर नेकपा एमालेको युवा संघले गृह मन्त्रालयमा औपचारिक रुपमै उजुरी समेत दिएको थियो । महतोले मधेश आन्दोलन चर्काइ रहेका बेला तत्कालिन युवा संघका अध्यक्ष राजिब पहारीले तत्कालीन गृहमन्त्री शक्ति बस्नेतलाई ज्ञापन पत्र बुझाएका थिए। 

शरदसिंह भण्डारी बाबुराम भट्टाईको मन्त्रिमण्डलमा रक्षा मन्त्री रहेकाबेला ‘तराई टुक्रिन सक्छ’  भन्ने अभिव्यक्ती दिएका कारण पदमुक्त भएका थिए।

विशेष